भैरहवा । लुम्बिनीमा निर्माण भइरहेको महासिद्ध पीस सेङचुरीको वेभसाइट सार्वजनिक भएको छ ।
विश्वभर शान्तिको सन्देश फैलाउने उदेश्यको साथ ‘एक व्यक्ति एक रुपैयाँ’को अभियानका साथ निर्माण भइरहेको शान्ति केन्द्रमा सबैको सहभागिताका लागि वेभसाइट सार्वजनिक भएको हो ।
विश्वभरका शान्तिप्रेमी बौद्ध धर्मावलम्बी लगायत अन्य धर्म र संस्कृतिसँग सम्बन्धित साधकहरुले समेत साधना गर्ने स्थलको रुपमा युनिभर्सल पीस सेङचुरी गुम्बाको निर्माण भइरहेको छ । शान्ति केन्द्र महासिद्ध गुम्बा (वाटिका) मा सबैको सहभागिता जनाउन र भौतिक तथा आर्थिक प्रगतिको जानकारी दिनका लागि वेभसाइट निर्माण भई सार्वजनिक गरेको गुम्बाका प्रमुख तथा संरक्षक श्याल्पा तेञ्जिन रिन्पोछेले बताए ।
विश्वभरिका आम समुदायले सार्वजनिक भएको वेभसाइट धध।उभबअभकबलअतगबचथ।यचन, बाट र इसेवा, पेपल, पेटीम, गो फन्ड मि लगायतबाट अभियानमा सहभागिता जनाउन सक्नेछन ।
भगवान गौतमबुद्धको जन्मभूमि लुम्बिनीमा सबैको सहभागितामा युनिभर्सल पीस सेङचुरीको स्थापना हुदैछ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)का महासचिव इसाला रुवान विराकुनले लुम्बिनीमा एक रुपैयाँ दान गरेर र विभिन्न देशको प्रतिनिधत्व सहित अभियानको थालनी भएर अभियानको सुरुवात भएको हो ।

धनिलाई मात्र सुख चाहिदैन गरिबलाई पनि सुख चाहिन्छ भन्ने मान्यतालाई आत्मसात गर्दै पवित्र स्थलमा मेरो पनि सहभागिता होस भन्ने हेतुले सबैको प्रयास र अपनत्व हुने गरी अभियान सञ्चालन गरिएको छ । लुम्बिनीलाई विश्व शान्ति अभियान केन्द्रको रुपमा विकास गर्न बनाउदै गरेको महासिद्ध स्यानचुरी फर वल्र्ड पिस निर्माणका लागि एक रुपिया दान गरेर अभियानको सुरुवात गरेका रिन्पोछेले बताए ।

अभियानको थालनी महासचिव विराकुन नेपाली एक रुपैया र धर्मपत्नी म्याडम क्रिशान्तीले एक डलर दान गरेर भएको थियो । विश्वका समाजसेवी दानीहरुले एक्लैले समेत बनाउन सक्ने हैसियत भए पनि विश्वभरिका समुदायको सहभागितामा शान्ति केन्द्र निर्माण होस भन्दै अभियानमा सबै धर्म, जातजाती आमसमुदायलाई अभियानमा सरिक हुन आग्रह गरे । युनिभर्सल पीस सेङचुरीविश्वकै बौध्द धर्मालम्वीको लागि ध्यान र तपस्या सहित खोजिकेन्द्र पनि हो । यहाँ बुद्धका सयौं पुस्तकदेखि अहिलेसम्म पुस्तक सहितको लाइव्रेरी, ध्यान केन्द्र, खोजी केन्द्रदेखि सेमिनार हल सहितको अत्याधुनिक केन्द्र बन्ने छ ।

ऐतिहासिक महत्व बोकेको लुम्बिनी विश्व सम्पदा सूचीमा समेत सूचीकृत छ । बर्षेनी लाखौं भक्तजन आउने लुम्बिनीमा भगवान गौतम बुद्धको बारेमा ध्यान तथा तपस्या गर्ने केन्द्रको अभाव हुने गरेको थियो सर्वसाधरण देखि भिभिआइपी सम्मका लागी सुरक्षा सहित शान्तीको अनुभुति गराउन अहिले युनिभर्सल पीस महासिद्ध सेङचुरीको स्थापना गर्न लागिएको हो ।
मलेसिया, हङकङ चिन युरोप र नेपालका प्रविधिकहरुबाट निर्माण भइरहेको कमलको फूल स्वरुपको गुम्बामा २ हजार जना अट्ने सभाहल सहितको संरचना बन्ने छ । निर्माणको लागि स्वदेश तथा विदेशबाट लाखौं मानिसले सहभागीता जनाएका छन अझै करौडौं मानिसले साथ दिने विश्वास छ । ग्राहो र मुख्य काम बेसमेन्ट जगको काम सम्पन्न भएर माथीको कामको सुरवात भएको गुम्बाका प्रमुख रिन्पोछेले भने ।

महासिद्ध सेङचुरीको हल वा कक्षको मुख्य आकर्षणको केन्द्र सालको वृक्षमुनि मायादेवीको कोखबाट जन्मदै गर्नुभएको भगवान बुद्धको एउटा विशाल, सुन्दर र सबैको मुन छुने मुर्ति राखिने गरी डिजाइन गरिएको छ । गुम्बा भित्र सामूहिक रुपमा गरिने ध्यान, योग अभ्यास, प्रशिक्षण र अन्य विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न सकिने छ ।

