Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

पर्यटन क्षेत्रबाट प्रभाबित लुम्बिनीका ७० कर्मचारीलाई ७ सय दिन रोजगार


  • लुम्बिनी चिन्तन
  • मंसिर १७, २०७८ शुक्रवार
  • 712
    SHARES

पर्यटन क्षेत्रबाट प्रभाबित लुम्बिनीका ७० कर्मचारीलाई ७ सय दिन रोजगार

भैरहवा मंसिर १७
लुम्बिनीको होटलहरुमा काम गर्ने अर्ध दक्ष कर्मचारीहरुलाई दश दिन बराबरको काम दिईएको छ । कोबिडका कारण पर्यटन क्षेत्र प्रभाबित भएको र त्यसको प्रत्यक्ष समस्या पर्यटन क्षेत्रमा रहेका कम दक्षता भएका कर्मचारीहरुले पनि बेहोरेकाले उनिहरुको आर्थिक अवस्था केही भए पनि सहज गराउनका लागी जिबिकोपार्जन पूर्नउत्थानका लागी दिगो पर्यटन परियोजना अन्तर्गत नेपाल टुरीजम बोर्डले दश हजार बराबरको दश दिनको अल्पकालिन काम उपलब्ध गराईएको निर्देशक मणि राज लामिछानेले बताउनु भयो ।
पर्यटन क्षेत्रका कर्मचारीहरुलाई एक लाख दिन रोजगारी दिने कार्यक्रम अन्तरगत पर्यटन बोर्डले रुपन्देहीको लुम्बिनी क्षेत्रमा रहेका होटलमा कार्यरत ७० जना कर्मचारीहरुलाई ७ सय दिन रोजगारी दिईएको उहाले बताउनु भयो । यो कार्यक्रम केही महिना पहिले नै गरी कर्मचारीहरुलाई आर्थिक सहयोग गर्ने उदेश्य रहे पनि रुपन्देहीमा ढिला गरी कार्यक्रम भएको उहाले बताउनु भयो । मंसिर १७ देखी २७ गते सम्म संचालन रहने कार्यक्रममा लुम्बिनी सांस्कृतीक नगरपालिका , लुम्बिनी बिकास कोष, लुम्बिनी होटल संघले समन्वय र सहकार्य गरेको पर्यटन बोर्डका निर्देशक लामिछानेले बताउनु भयो ।
होटलमा रहेका कर्मचारीहरुलाई दश दिन बराबारको आर्थिक सहयोग गर्ने गरी आयोजना गरिएको रोजगार कार्यक्रम अन्तरगत लुम्बिनीको सरसफाई गरिएको छ । लुम्बिनीको मायादेवी मन्दिर परिषरबाट सुरु भएको सरसफाई दश दिन सम्म संचालन हुने लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले जानकारी दिनु भयो ।
प्रत्येक दिन एक जनालाई एक हजार पारिश्रमिक दिने गरी सुरु गरिएको सरसफाई कार्यक्रममा लुम्बिनीको मायादेवी मन्दिरबाट सुरु भई पर्साचोक हुदै लंकापुर सम्म गरिने संघका अध्यक्ष ज्ञवालीले बताउनु भयो ।
यो कार्यक्रमले होटलमा रहेका कर्मचारीले लाभ पाउनुका साथै लुम्बिनीको सरसफाईमा महत्वपुर्ण सहयोग पुग्ने लुम्बिनी बिकास कोषका सदस्य सचिव शानु राजा साक्यले बताउनु भयो । दशदिन काम गर्दा पाउने रकमबाट कर्मचारीहरुलाई केही मात्रामा भएपनि आर्थिक राहत पुग्ने होटल संघका महासचिव पुरुषोत्तम अर्यालले बताउनु भयो ।


लुम्बिनी चिन्तन

थप समाचार