Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रोट्याक्ट क्लब अफ भैरहवा चौतारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ।


  • लुम्बिनी चिन्तन
  • मंसिर १९, २०७८ आइतवार
  • 732
    SHARES

रोट्याक्ट क्लब अफ  भैरहवा चौतारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ।

भैरहवा,मंसिर १९

रोट्याक्ट क्लब अफ भैरहवा चौतारीको आयोजनामा रतmदान कार्यक्रम सम्पन्न भएको छ । सिद्धार्थनगर ७ स्थित जनकपथमा शनिवार सम्पन्न भएको कार्यक्रममा ५५ युनिट रगत संकलन भएको क्लबका संस्थापक अध्यक्ष निखिल ध्वज खत्रीले जानकारी दिए । क्लबका अध्यक्ष खत्रीको अध्यक्षता, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भिमसेन कर्माचार्यको प्रमुख आतिथ्यता, रोट्याक्ट क्लब अफ बुटवल चौतारीका अध्यक्ष सुरज क्षेत्रीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । कर्यक्रममा लुम्बिनी सोसाईटी सहयोग समुहका संचालक राजा प्रताप शाही, बालचन्द्र दाहाल, नेपाल रेडक्रस सोसाईटी सिद्धार्थनगरका ईन्चार्ज केशर सिंह गाहा, एसओएस भैरहवाका ईन्चार्ज राम प्रसाद पौडेल लगायतको आतिथ्यता रहेको थियो । क्लबका सदस्य निर्विक ढुंगानाको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष निखिल ध्वज खत्रीले सम्पुर्ण रतmदाता लगायत सबैमा धन्यवाद दिए ।


लुम्बिनी चिन्तन

थप समाचार