Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

काँग्रेस महाधिवेशन : लुम्बिनीमा अमरसिंह पुनकाे अग्रता कायमै


  • लुम्बिनी चिन्तन
  • मंसिर १९, २०७८ आइतवार
  • 644
    SHARES

काँग्रेस  महाधिवेशन : लुम्बिनीमा अमरसिंह पुनकाे अग्रता कायमै

 

भैरहवा मंसिर १९ ।

नेपाली काँग्रेसकाे लुम्बिनी प्रदेश सभापति पदमा सभापति शेरबहादुर देउवा ईतर समुहका उम्मेद्वार अमरसिंह पुनकाे अग्रता कायमै छ । राती साढे ११ बजेसम्म १ हजार ८६ मत गणना हुदा पुनले ९२ मतले अग्रता लिनु भएकाे छ ।

सभापति पदका उम्मेद्वार पुनले ५४९ मत र सभापति देउवा समुहका उम्मेद्वार भरतकुमार शाहले ४५७ मत प्राप्त गर्नुभएकाे छ । सभापतिका उम्मेद्वार पुनले मत गणनाकाे सुरु देखि नै अग्रता लिनुभएकाे छ ।

पदाधिकारी तथा सदस्य सबै पदमा पुन प्यानलकै उम्मेद्वारले अग्रता लिएका छन् । मुलुककाे पुनसंरचना पछि प्रदेश संरचनामा पहिलाे पटक अधिवेशन भएकाे हाे । जसअनुसार शनिबार राति १२ बजेदेखि मतगणना सुरु भएकाे थियाे ।

यहि रफ्तारमा गणना हुने र अन्य प्रकारका समस्या नआउने हाे भने भाेली बिहान ८/९ बजे सम्ममा परिणाम आउन सक्ने प्रमुख निर्वाचन अधिकृत डा. बुद्धबहादुर थापाले जानकारी गराउनु भयाे ।


लुम्बिनी चिन्तन

थप समाचार