Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

नेपालमा पनि भेटियो कोरोनाको ओमिक्रोन भेरियन्ट


  • लुम्बिनी चिन्तन
  • मंसिर २०, २०७८ सोमवार
  • 1.4K
    SHARES

नेपालमा पनि  भेटियो कोरोनाको ओमिक्रोन भेरियन्ट

भैरहवा मंसिर २० ।

कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन नेपालमा पनि भेटिएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै नयाँ भेरियन्टबारे जानकारी दिएको हो। विदेशबाट आएका एकजना र उनको सम्पर्कमा आएर अर्का व्यक्तिमा भेरियन्ट पुष्टि भएको छ। मन्त्रालयका अनुसार ६६ वर्षीय र ७१ वर्षीय दुई व्यक्तिमा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले विदेशी नागरिकमा ओमिक्रोन भेटिएको बताए।

ती विदेशी नागरिक मंसिर ३ गते ओमिक्रोन पुष्टि भएको देश हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रवेश गरेका थिए। उनी आउँदा नियमानुसार पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्र पुरा गरेको पाइएको थियो। मंसिर ७ गते कोभिड १९ सँग मिल्दाजुल्दा लक्षणहरु देखिएपछि परीक्षण गर्दा उनी र उनको सम्पर्कमा आएका ७१ वर्षीय अर्का व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना पुष्टि भएकाहरुमा S-gene परीक्षण गर्नुपर्ने  हालको नयाँ रणनीति अनुरुप परीक्षण गर्दा दुवै जनाको नमुनामा S-gene फेला परेको थिएन। S-gene फेला नपरेका उक्त दुवै नमुनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जीन सिक्वेनसिङ गर्दा मंसिर १९ आइतबार कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको थियो। 

संक्रमित दुवै जना व्यक्ति तोकिएको मापदण्ड अनुसार आइसोलेसनमा रहेका छन्। हाल उनीहरुमा कुनै लक्षण देखिएको छैन। उनीहरुको सम्पर्कमा आएका ६६ जना कन्ट्रयाक ट्रेसिङमा परेका थिए। उनीहरुको नमुना परीक्षण गर्दा नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो भाइरस २४ नोभेम्बरमा दक्षिण अफ्रिकामा पुष्टि भएको थियो। हालसम्म ओमिक्रोन विश्वका ३५ देशमा फैलिइसकेको छ। अहिलेसम्म विश्वमा ५७४ जना यस भेरियन्टबाट संक्रमित भएका छन्। विश्व स्वास्थ्य संगठनको प्रारम्भिक आंकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम रहेको छ। 


लुम्बिनी चिन्तन

थप समाचार