संझना शर्मा
भैरहवा , पुस १
लुम्बिनीमा लुम्बिनी सांस्कृतिक तथा आठौ सडक खाना महोत्सव हुने भएको छ । अंग्रेजी नयां बर्ष २०२२ को अवसर पारी लुम्बिनी होटल संघको आयोजनामा लुम्बिनीको महिलवारमा पुस १६ र १७ गते खाना महोत्सवको आयोजना गरिने विहीवार पत्रकार सम्मेलन गरि जानकारी दिईएको छ ।
आठौं सडक खाना महोत्सवको रुपमा आयोजना गरिने उतm कार्यक्रमलाई थप परिस्कृत र सावधानी अपनाउदै महोत्सव गरिने लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बताए । उनले भने “ महोत्सवमा स्वास्थ्यका माददण्डलाई पुर्ण रुपमा पालना गराईनेछ । ” महोत्सवले कोभिडका कारण शिथिल रहेको लुम्बिनीको पर्यटन व्यवसायलाई राहत पुग्ने अध्यक्ष ज्ञवालीको आशा छ ।
सडक खाना महोत्सवमा लुम्बिनी सांस्कृतिक नगरपालिकासंग जोडिएका अन्य गाउंपालिकाका स्थानीय उत्पादनको प्रवद्धनलाई विषेश जोड दिईने आयोजकको तयारी छ ।
बौद्धकालिन परिकार देखी स्थानीय उत्पादन, थारु संस्कृतिसंग जोडिएका परिकारका साथै ईण्यिन,थाई,चाईनिज लगायतका खानाका स्टल रहने लुम्बिनी होटल संघका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्माले जानकारी दिए ।
बिशेष गरि स्थानिय स्तरमा रहेका थारु, मुस्लिम, मधेशी समुदायहरुको परिकारका साथै लुम्बिनीमा रहेका तारे होटलहरुको परिकारहरु न्यून मूल्यमा उपलब्ध गराईने शर्माले बताए । । यस पटक महोत्सव २ दिन आयोजना गरि लुम्बिनीको पर्यटन प्रवर्द्नको प्रयास गरिने आयोजकको भनाइ छ ।
महोत्सवमा लुम्बिनीका होटलहरुमा ५० देखि ६० प्रतिशत बढी छुटको साथै सुपथ मुल्यमा ब्रेकफास्ट, लन्च एवम डिनर पहुनाले पाउने छ्न । महोत्सवलाई ब्यवस्थित बनाउन छोटो दुरिका लागि निशुल्क यातायातको साधनको ब्यवस्था समेत गरिएको छ । भैरहवा, बुटवल, सैनामैना, गैडहवा, फायरलाइन, कपिलवस्तु लगायतका स्थानबाट लुम्बिनीका लागि यातायात सन्चालन हुने संघका महासचिव पुरुषोत्तम अर्यालले बताए । यस्तै महोत्सवमा नौमती, पन्चेबाजा, बिरहा, थारु झुमराका साथै आधुनिक पप÷डिजे गीत संगीतको पनि प्रस्तुती हुने अर्यालले बताए ।
पत्रकार लुम्बिनी होटल संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा संघका वरिष्ठ उपाध्यक्ष लीलामणि शर्मा, निवर्तमान अध्यक्ष मिथुनमान श्रेष्ठ, सल्लाहकार हेम बिस्टको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन संघका महासचिव पुरुषोत्तम अर्यालले गरेका थिए । कार्यक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका लगायतका पालिका, लुम्बिनी विकास कोष, विभिन्न गुम्बा, पर्यटनसंग सम्बिन्धित संघसंस्थाले सहकार्य गरेको आयोजकको भनाई छ ।