Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धार्थ सार्वजनिक यातायातको अध्यक्षमा रोक्का


  • लुम्बिनी चिन्तन
  • माघ १७, २०७८ सोमवार
  • 1.1K
    SHARES

सिद्धार्थ सार्वजनिक यातायातको अध्यक्षमा रोक्का

 

भैरहवा माघ १७ 
सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि.को प्रथम अधिवेशनले सन्जीव रोक्काको अध्यक्षतामा ७ सदस्यीय संचालक समिति सर्वसम्मत चयन गरेको छ । 
साविकको सिद्धार्थ यातायात व्यवसायी समिति सरकारी नीतिअनुसार प्रा.लि.मा रुपान्तरण भएपछि पहिलो अधिवेशन भएको हो । शनिबार प्रालिको प्रधान कार्यालय सिद्धार्थनगरमा सम्पन्न साधारणसभा तथा प्रथम अधिवेशनले प्रा.लि.को सञ्चालक समिति सदस्यहरुमा सुनिलराज बिष्ट, सियाराम यादव, जितेन्द्रराज क्षेत्री, लोकबहादुर गुरुङ, एजाज वारिस र खड्क बहादुर गुरुङलाई निर्वाचित भएका छन् ।
अधिवेशनको उद्घाटन गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश संयोजक डिल बहादुर ढुङ्गानाले कोरोना महामारीको कारण यातायात व्यवसायी सबैभन्दा ठूलो मारमा परेको भन्दै ब्यवसायीलाई राजयले राहत र सहुलियत प्रदान गर्नुपर्ने माग गरे । 
सरकारले सार्वजनिक यातायातलाई उपेक्षा गरेको र वैज्ञानिक भाडादर लागू नगरेको भन्दै ढुंगानाले भाडा समायोजन गर्नुपर्ने माग गरे । प्रा.लि.का अध्यक्ष रोक्काले व्यवसायिक हकहितका लागी विस्थापित कोष स्थापना गर्ने, कुनै व्यवसायीको मृत्यु भएको खण्डमा २ लाख सहयोग गर्ने नीति लिएको प्रतिबेदन प्रस्तुत गरे ।
यस्तै व्यवसायीलाई सहज रुपमा ऋण लगानी र वचतका लागि सिद्धार्थ सार्वजनिक बहुउद्देश्यीय सहकारी संस्था सञ्चालन गर्ने, राष्ट्रव्यापी रुपमा स्तरीय सेवा सञ्चालन गर्ने योजना रहेको अध्यक्ष रोक्काले बताए । 
कार्यक्रममा समिति स्थापनादेखि कार्यालय प्रमुखको रुपमा कार्यरत रही ३० बर्ष सेवा अबधि पुरागरी अवकाश लिएका तुल बहादुर केसीलाई सम्मान गरेको छ । यस्तै सवारी दुर्घटनामा मृत्यु भएका सवारीधनी रामचन्द्र चौधरीकी श्रीमती कौशिला थारुलाई नगद १० लाख सहयोग गरेको छ ।
सिद्धार्थ यातायातमा २ सय ५५ जना शेयर सदस्य रहेका छन । साबिकको समिति २०४७ सालमा स्थापना भएको थियो । सरकारले समिति खारेज गरेपछि २०७४ सालमा कम्पनीमा रुपान्तरण भएको थियो । कम्पनीको कुल चुक्ता पुँजी ३ करोड रहेको छ ।
कार्यक्रम वरिष्ठ उपाध्यक्ष सुनिलराज बिष्टको स्वागत तथा उपाध्यक्ष सियाराम यादबको सञ्चालनमा भएको थियो ।

 


लुम्बिनी चिन्तन

थप समाचार