भैरहवा जेठ १
सिद्धार्थनगर नगर पालिकाको स्थानिय तह निर्वाचन अन्र्तगत वडा नम्बर १ मतगणना सम्पन्न भएको छ ।
निर्वाचन अधिकृतले दिएको जानकारी अनुसार सिद्धार्थनगर नगर पालिकामा वडा नम्बर १ मा जनता समाजवादी पार्टीका उज्वल पोखरेल विजयी भएका छन ।
वडा नम्बर १ मा पोखरले ७ सय ५८ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका याम बहादुर थापाले ७ सय ३० मत प्राप्त गरे ।
यसै गरि वडा नम्बर २ मा १ हजार ८ सय ४५ मतमा राष्ट्रिय प्रजातन्त्र पार्टीका छेदीलाल श्रीवास्तव ४ सय ४३ मतका साथ विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एसका सुशिल कुमार पुनले ४ सय ३६ मत प्राप्त गरेको निवार्चन कार्यालयले जानकारी दिएको छ ।