Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

पल शाहलाई साढे दुई वर्षको कैद सजाय


  • लुम्बिनी चिन्तन
  • भाद्र २२, २०७९ बुधवार
  • 456
    SHARES

पल शाहलाई साढे दुई वर्षको कैद सजाय

 

भैरहवा भदौ २१/

कलाकार पूर्णविक्रम शाह (पल शाह)विरुद्ध परेको नाबालिग जबर्जस्ती करणीको मुद्दालाई जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोगमा परिणत गरिदिएको छ । मंगलबार न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले शाहलाई जबर्जस्ती करणीको अभियोगमा सफाइ दिँदै बाल यौन दुरुपयोगमा कसुरदार ठहर गरेको हो ।

जिल्ला अदालत नवलपुरका सूचना अधिकारी लालबहादुर क्षेत्रीका अनुसार उनलाई बाल यौन दुरुपयोगको कसुरमा साढे दुई वर्षको कैद सजाय, २५ हजार जरिवाना र १० लाख क्षतिपूर्ति सुनाइएको छ । ‘उनलाई जबर्जस्ती करणीमा सफाइ भयो, तर बाल यौन दुरुपयोगमा अपराध गरेको ठहरियो,’ अदालतका तहसिलदार क्षेत्रीले भने, ‘यसलाई जबर्जस्ती करणी बाल यौन दुरुपयोगमा परिणत भयो भन्न पनि पाइयो । त्यस्तै, फैसलामा नाबालिगका बुबाआमालाई पनि यसरी नाबालिग छोरी अरूलाई छोड्नुहुन्थेन, आफ्नो पूर्ण संरक्षणमा राख्नुपर्छ भनेर सचेत गराइएकोे छ । सुटिङमा अभिभावक पनि साथमा जानुपथ्र्यो भन्ने हो ।’

फैसलाले मिडिया जगत्लाई पनि सचेत गराएको छ । ‘यस्तो संवेदनशील विषयमा फैसला हुनुअगावै कतिपय ठाउँमा फैसला भइसक्यो भनेर फेक न्युज आएको देखियो । त्यसैले मिडियालाई अब उप्रान्त गम्भीर भएर सत्यतथ्य मात्रै समाचार सम्प्रेषण गर्न सचेत गराइएको छ,’ क्षेत्रीले भने । त्यस्तै, फैसलामा नाबालिगको बुबाआमालाई पनि यसरी नाबालिग छोरी अरूलाई छोड्नुहुन्थेन, आफ्नो पूर्ण संरक्षणमा राख्नुपर्छ भनेर सचेत गराइएकोे छ । सुटिङमा अभिभावक पनि साथमा जानुपथ्र्यो भन्ने हो ।

जबर्जस्ती करणीको अभियोगमा बाल यौन दुरुपयोगको सजाय दिइनुलाई कतिपयले ‘आश्चर्यजनक’ पनि भनेका छन् । तर, अदालतका सूचना अधिकारी क्षेत्री बाल यौन दुरुपयोग पनि जबर्जस्ती करणीअन्तर्गत नै रहने बताउँछन् । ‘पीडकले अभियोग अस्वीकार गरेको, जाहेरवाला पीडितले अदालतमा होस्टायल भएर बयान फेरेको अवस्था भएकाले जबर्जस्ती करणी पुष्टि हुन सकेन,’ उनले भने, ‘तर, पीडक स्वयंले बयानका क्रममा राति नाबालिगको कोठामा गएको, रक्सी खाएको जस्ता क्रियाकलाप स्वीकार गरेका तथ्यलाई केलाउँदा बाल यौन दुरुपयोग गरेको देखिएको फैसलामा उल्लेख छ ।’

पीडित, पीडितका बुबा सबैले अदालतमा बयान फेरे पनि अदालतले प्रतिवादी यिनै बयानलाई बलियो आधार बनाएर उनीमाथि यौन दुरुपयोगको कसुरदार ठहर गरेको हो । नवलपुरमा परेको मुद्दामा कैद सजायअनुसार शाहले अब दुई वर्ष जेलमा बिताउनुपर्नेछ । कारण, हिरासतमा परेको दिनदेखि नै कैद भुक्तान जोडिने हुँदा उनी थुनामा बसेको ६ महिना पुगिसकेको छ । 


लुम्बिनी चिन्तन

थप समाचार