Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रुपन्देही प्रहरीद्धारा चाडपर्व लक्षित बिशेष सुरक्षा योजना सार्वजनिक


  • लुम्बिनी चिन्तन
  • आश्विन ९, २०७९ आइतवार
  • 646
    SHARES

रुपन्देही प्रहरीद्धारा चाडपर्व लक्षित बिशेष सुरक्षा योजना सार्वजनिक


भैरहवा असोज ९/
रुपन्देही प्रहरीले चाडपर्व लक्षित बिशेष सुरक्षा योजना सार्वजनिक गरेको छ । बडा दशै, दिपावली र छठ पर्व लाई मध्य नजर गर्दै जिल्लाको शान्ति सुरक्षा लगायत ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले चाडपर्व अबधीभर १ हजार २ सय ४८ जना प्रहरी परिचालन गरेको रुपन्देहीका प्रहरी उपरिक्षक रबिन्द्र रेग्मीले जानकारी दिनु भयो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आईतबार भैरहवामा पत्रकार भेटघाट गरि सुरक्षा रणनिति सार्वजनिक गरेको हो । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक रविन्द्र रेग्मीका अनुसार चाडपर्वमा हुन सक्ने बिसंगति, विकृति विरुद्ध प्रहरी परिचालन गरेको उल्ल्ेख छ ।
यस्तै प्रहरीले सीमा एरियामा कडा चेकजाँचको व्यवस्था गरी अवैध गतिविधि रोक्ने दावी गरेको छ । चाडपर्वको समयमा बढी पटका, आतीसबाजीको प्रयोग हुने भएकोले सो को नियन्त्रणमा पनि प्रहरी कडाईका साथ प्रस्तुत हुने रेग्मीको भनाई छ ।
चाडपर्वमा जुवा लाई नियन्त्रण गर्न प्रहरीले सादा पोशाकका प्रहरी परिचालन गर्ने योजना ल्याएको छ । जुवा, चन्दा लगायतका गतिविधिहरुको गोप्य रुपमा सूचना संकलन गरि कार्यवाहीको दायरामा ल्याउने प्रहरीले जानकारी दिएको छ । यस्तै राजमार्ग लक्षित गरि रातीको समयमा गश्ती बढाउने योजना रहेको डिएसपी श्यामु अर्यालले बताउनु भयो । बन्द रहने सरकारी कार्यालय, तथा संघ–सस्थाका सुरक्षा गार्ड र कार्यालय सहयोगीहरु संग समन्वय सहितको सुरक्षा व्यबस्था मिलाईने उहाले बताउनु भयो ।
 प्रहरीका बिभिन्न युनिटहरुले विगतमा आ–आफ्ना एरियामा घटेका घटनाहरूलाई मध्ये नजर राखी पैदल, साईकल, मोटर साईकल र गाडी गस्ती परिचालन गरिने भएको छ । बेलहिया, भैरहवा र बुटवल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । बिभिन्न मठ मन्दिर, पुजा अर्चना गर्ने स्थान, दुर्गाको मूर्तिहरु ल्याउने र बिर्सजन गर्ने समयमा सुरक्षा ब्यवस्था मिलाइने उहाले बताउनु भयो । यस्तै तिहारमा राती १० बजे सम्म मात्र देउसी भैलो खेल्ने समय निर्धारण गरिएको अर्यालले जानकारी दिनु भयो ।


लुम्बिनी चिन्तन

थप समाचार