Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा


  • लुम्बिनी चिन्तन
  • आश्विन १९, २०७९ बुधवार
  • 392
    SHARES

आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा

 

भैरहवा असोज १९/

देशका अधिकांश भूभागमा हिजोदेखि लगातार वर्षा भइरहेको छ। आज पनि दिनभर जसो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा ठूलो वर्षाको सम्भावना छ।

यस्तै अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज र भोलि कर्णाली र सुदूरपश्चिम प्रदेशमा अति ठूलो पानी पर्ने संभावना छ। 

लगातारको वर्षाका कारण खोला तथा नदीमा बाढी आउने र सडकहरु पनि बन्द हुन सक्ने भन्दै सकर्तता अपनाउन आग्रह गरिएको छ। 

यस्तै, आजदेखि आउँदो शनिबारसम्म पश्चिम सेती, महाकाली, बबई, पश्चिम राप्ती र यसका सहायक नदीहरूमा बाढी आउने सक्ने भएकोले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। 

महाशाखाले प्यूठान, दाङ, बाँकेलगायतका जिल्लामा बाढीको सम्भावना रहेको भन्दै अलर्ट जारी गरेकाे छ।

यी जिल्ला भइ बहने धेरैजसो साना खहरे खोलामा आकस्मिक बाढीको सम्भावना रहेकाले आज दिउँसोसम्म नै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।


लुम्बिनी चिन्तन

थप समाचार