Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लायन्स प्रोग्रेसिभ सिद्धार्थनगरद्वारा क्यान्सरपीडितलाई आर्थिक सहयोग


  • लुम्बिनी चिन्तन
  • कार्तिक ४, २०७९ शुक्रवार
  • 498
    SHARES

लायन्स प्रोग्रेसिभ सिद्धार्थनगरद्वारा क्यान्सरपीडितलाई आर्थिक सहयोग

भैरहवा, ३ कात्तिक ।

लायन्स क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरले क्यान्सरपीडितलाई आर्थिक सहयोग गरेको छ । क्लबले रुपन्देहीको सिद्धार्थनगर–१२ निवासी दुर्गा विश्वकर्मालाई २५ हजार रुपैयाँ प्रदान गरेको हो ।

क्लबले बुधबार भैरहवामा आयोजना गरेको चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा विश्वकर्मालाई उक्त रकम हस्तान्तरण गरेको हो ।

कार्यक्रममा बोल्दै लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले लायन्स प्रोग्रेसिभ सिद्धार्थनगरले महत्वपूर्ण कार्य गर्दै आएको बताए । उनले भने, ‘सुनिल सेन्चुरी नेतृत्वको लायन्स प्रोग्रेसिभ सिद्धार्थनगरले उदाहरणीय कार्य गरेको छ ।’

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ (पी) का फस्ट भाइस डिष्ट्रिक गभर्नर अर्जुनमान सैंजु, सेकेण्ड भाइस डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्ग, डिष्ट्रिक सचिव सन्दिप कसौधन, कोषाध्यक्ष विनोद खरेल, चिफ डिष्ट्रिक एडभाइजर धर्मराज श्रेष्ठ, डिष्ट्रिक को–चिफ एडभाइजर राजेश खरेल, एरिया चिफ संगम न्यौपाने, रिजन चेयरपर्सन रचना क्षेत्री, जोन चेयरपर्सन दुर्गा आचार्य, लुम्बिनी प्रेस क्लबका संस्थापक उपाध्यक्ष मनोरञ्जन शर्मा, लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका अध्यक्ष श्री रायमाझी, लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरका अध्यक्ष मंगल भण्डारी, लायन्स क्लब अफ भलवारी युथका अध्यक्ष अरुण पन्थी, लियो क्लब अफ सिद्धार्थनगरका अध्यक्ष सतिश भुसाल, लियो क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरका अध्यक्ष राहुल रेग्मी, जीवन बहादुर अधिकारी लगायतले बोलेका थिए ।

लायन्स क्लब अफ प्रोग्रेसिभ सिद्धार्थनगरका अध्यक्ष सुनिल सेन्चुरीको अध्यक्षता, कार्यक्रम संयोजक कंचन श्रेष्ठको स्वागत, चन्द्रिका धवलको ध्वजा अभिवादन तथा सचिव संजोगराज तिवारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


लुम्बिनी चिन्तन

थप समाचार