Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सन्दीपसँगको बयान सकियो, भोलिदेखि थुनछेक बहस


  • लुम्बिनी चिन्तन
  • कार्तिक १५, २०७९ मंगलवार
  • 586
    SHARES

सन्दीपसँगको बयान सकियो, भोलिदेखि थुनछेक बहस

बालिका बलात्कारका अभियुक्त क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ। जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा सन्दीपको बयान भएको जानकारी दिए। 

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले हिजो अभियोगपत्र दायर गरेको थियो। त्यसपछि अदालतमा आज सन्दीपको बयान भएको हो। सूचना अधिकारी दाहालका अनुसार अभियुक्तको बयान सकिएकाले भोलिदेखि थुनछेक बहस हुनेछ। 

सन्दीपमाथि गत ५ भदौमा काठमाडौंको एक होटेलमा पुर्याएर एक १७ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोग छ। पीडित बालिकाले आफूमाथि बलात्कार भएको भन्दै २१ भदौमा प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन्।


लुम्बिनी चिन्तन

थप समाचार