Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बेलहिया नाका : अत्यावश्यक वस्तु आयात, पर्यटकलाई प्रवेश


  • लुम्बिनी चिन्तन
  • मंसिर २, २०७९ शुक्रवार
  • 486
    SHARES

बेलहिया नाका : अत्यावश्यक वस्तु आयात, पर्यटकलाई प्रवेश

भैरहवा मंसिर २/
मौन अवधि सुरु भए संगै नेपाल भारत सिमा नाका बेलहीया पनि सिल गरिएको छ । राती १२ बजे बाट सिल गरिएको भए पनि अत्याबस्यक कुराहरु भने समन्वयका आधारमा गरिएको शसस्त्र प्रहरी रुपन्द्येहीका प्रमुख एस पि गगन श्रेष्ठले जानकारी दिए । राती १२ बजे पछि सिमा सिल गरिएको छ आबस्यकताका आधारमा सर्बसाधारण ओहोर दोहोर संगै समान आयात हुने छ एस पि श्रेष्ठले भने ।

भारत बाट नेपाल आउनेहरुलाई नागरिकताको आधारमा नेपाल प्रवेश गर्न दिईएको छ भने नेपाल बाट भारत तर्फ जानेहरुको हकमा केही घण्टा रोकेर समुह भए पछि भारतीय सुरक्षाकर्मी संगको समन्वयमा जाने दिएका छौ उनले भने । त्यसैगरि पासर्पोट बहाक पर्यटकहरुलाई पनि ओहोर दोहर गर्न दिईएको छ ।  

भैरहवा भन्सार कार्यालयले यो अवधिमा खाद्धान्न, पेट्रेलियम पदार्थ , औधोगिक कच्चा पदार्थ , र औसधिजन्य बस्तुहरु मात्र आयात गर्न दिने जनाएको छ । तर मंसिर ४ गते भने ठप्प रहने प्रहरीले जनाएको छ । भैरहवा भन्सार कार्यालयले मंसिर ४ गते निर्वाचनको दिन यात्रु शाखा मात्र खुल्ने जनाएको छ । नाका शिल भए पनि बेलहीयानाकाबाट दिनभरमा २ सय बढी गाढी र ४ सय बढी नेपाली र भारतिय नागरिकले ओहोर दोहोर गरेका छन् ।


लुम्बिनी चिन्तन

थप समाचार