भैरहवा ।
रुपन्देहीमा १२ लाख बढीको अवैध सामान प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको पूर्वी क्षेत्र रोहिणी गाउँपालिका–२ भगवानपुर नजिकै भारतबाट सोमबार विहन २ बजे लु १ च ९९२५ नम्बरको पिकअप सहित ४९१ गोटा अबैध जिउँदो ब्रोईलर कुखुरा नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा पक्राउ गरेको हो ।
भन्सार छली, चोरी, पैठारी निकासी गरी अवैध रुपमा नेपालतर्फ ल्याउँदै गर्दा १२ लाख ९४ हजार ६ सय रुपैयाँ बराबरको सामान बरामद सहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक डीएसपी सत्य नारायण थापाले जानकारी दिए ।
बरामद कुखुरा भैरहवा पशु क्वारेन्टाईन चेक पोष्ट बेलहियामा र पिकअप गाडी एवं चालकलाई भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको थापाले जानकारी दिए ।