भैरहवा, १ पुस ।
आफ्नो २४ औं स्थापना दिवसको अवसर पारेर लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । संघले बिहीबार रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्य साई वृद्ध आश्रममा रहेका वृद्धवृद्धाहरुलाई दोसल्ला ओढाएर सम्मान गर्नुका साथै दिवा भोज आयोजना गरेको अध्यक्ष अजय कुमार गुप्ताले बताए । वृद्धाआश्रमलाई आर्थिक सहयोग समेत गरिएको उनले जानकारी दिए ।
लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघ, रुपन्देहीका अध्यक्ष अजय कुमार गुप्ताको अध्यक्षता, नेपाल ईट्टा उद्योग महासंघका केन्द्रीय सल्लाहकार एवं सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख हरि प्रसाद अधिकारीको प्रमुख आतिथ्यता तथा कार्यक्रम संयोजक तथा लुम्बिनी ईट्टा उद्योग व्यवसायी संघका महासचिव दीपक पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।