भैरहवा पौष २/
भैरहवामा जारी ८ औ लुम्बिनी राष्ट्रिय महोत्सव-२०७९ मा भ्वाइस अफ भैरहवाको चौथो सिजनमा शनिबार भएको प्रतिस्पर्धाबाट २ जना बाहिरिएका छन । शनिबार भएको प्रतिस्पर्धा बाट ६ जना प्रतिष्प्रधीहरु मात्र अघिल्लो चरणमा प्रवेश गरेका छन ।
अडिसन राउण्डमा भाग लिएका ३३ जना मध्ये २१ जना छानिएका थिए । २१ जना मध्ये दोश्रो चरणमबाट ५ जना बाहिरिएका थिए । तेस्रो चरणमा १० जना चौथो चरणमा ८ जना हुँदै अहिले पाचौ चरणमा ६ जना अघिल्लो चरणमा प्रवेश पाएका छन ।
प्रतियोगितामा दोश्रो र तेस्रो हुनेले क्रमशः २० हजार र १५ हजार नगद पुरस्कारको साथै भैरहवा संगीत गुरुकुलबाट एक बर्षको लागि पुर्ण छात्रवृत्ति प्रदान गर्नेछन । यसै गरि उत्कृष्ट ३ जनालाइ नै पाल्पामा रहेको अरुमा एडवेन्चर रिसोर्टमा जोडी सहित १ रातको बसाइ निशुल्क दिने प्रधानले बताए ।
भ्वाइस अफ भैरहवाको चौथो संस्करणमा रचना क्षेत्री, किशोर बिश्वकर्मा र दिपक विश्वकर्मा निर्णायकको भुमिकामा रहेका छन । कार्यक्रमको सन्चालन दुर्गा गुरुङ्गले गर्दै छिन । सिद्धार्थ उध्योग बाणिज्य संघद्वारा आयोजित महोत्सवमा भ्वाइस अफ भैरहवाको बिशेश महत्व रहेको छ । यस अघिका संस्करणका बिजेताहरु अहिले सङ्गीतमा स्थापित कलाकार भएका छन ।