Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बैकल्पीक विधिबाट टुगा आस्थाको साधारण सभा


  • लुम्बिनी चिन्तन
  • माघ २७, २०७७ मंगलवार
  • 962
    SHARES

बैकल्पीक विधिबाट टुगा आस्थाको साधारण सभा

भैरहवा। टुगा आस्था सहकारीले बैकल्पीक विधिबाट दोस्रो साधारण सभा सम्पन्न गरेको छ । विश्व्यापी कोरोना कोभिड–१९को जोखिमलाई मध्य नजर गर्दै शेयर सदस्यको राय, सल्लाह सुझाव बैकल्पीक विधिबाट लिई साधारण गरेको हो ।
५ हजारबढि शेयर सदस्य रहेको सस्थाले सबै सदस्यहरुलाई उपस्थिती केन्द्र मार्फत सस्थाको प्रगति प्रतिवेदन, सुझाव र उपस्थिती जनाउने कार्य गरि साधारण सभा कार्यक्रम रेडियो प्रसारण मार्फत सदस्यहरु माझ पु¥याइएको साकोसका अध्यक्ष डिबी थापाले बताए ।
जोखिम कायम रहेकोले अहिलेको परिस्थितीमा सबै सदस्यहरुलाई सुरक्षा मापदउण्मा रही घरघरबाट भौतिक रुपमा सहभागी विना नै सस्थाको दोस्रो साधारण सभा गरिएको छ । सभामा बैकल्पीक माध्यमबाट नै ८२ जनाले गुनासो, जिज्ञासा र राय पढाएको अध्यक्ष डिबी थापाले बताए ।
साधारण सभामा बोल्दै प्रमुख अतिथी नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ नेफ्स्कुनका संचालक तथा सहकारी अभियान्ता सन्दीप सापकोटाले पुरानो पद्धतिबाट उत्पति भएको राष्ट्रिय तथा अन्तराष्ट्रिय सहकारी अहिले अत्याधुनिक विधि प्रविधिबाट दिनानुदिन पारदर्शी बन्दै गएको बताए । सरकारले पनि निति नै बनाई सहकारीहरुलाई बाध्ने काम गरेकोले सबै शेयर सदस्यहरुको बचत र लगानी सुरक्षित बनाउन नेफस्कुनले निगरानी र अनुगमन गरिरहेको बताए । अहिले सहकारीहरुले आर्थिक गतिविधी मात्र नभई सामाजिक र आर्थिक शिक्षामा पनि अग्रसरता देखाउदै आएकोले बित्त मात्र नभई सामुदायमा आधारित सहकारी निर्माण भइरहेको बताए । 
कार्यक्रममा बोल्दै नेफ्स्कुन बुटवलकी प्रमुख राधा पोखरेल, तिलोत्तमा वडानंं १५का वडाध्यक्ष खेमराज गुरुङ, साकोसका उपाध्यक्ष पर्शुराम बास्तोला, लगायतले एक व्यक्ति एक सहकारी निति कार्यान्वयनमा सरकारले जोड दिन आग्रह गरे । एक व्यक्ति धेरै सहकारीमा बसेर आर्थिक समस्यामा परेको धेरै उदाहरणहरु रहेको भन्दै आफुबाट नै एक सहाकारी एक व्यक्तिको सुरुवात सबैले गर्नु पर्ने, सम्वृद्धी र विकाशका लागि सहकारी महत्वपूर्ण आधार भएको समुदायलाई उत्पादनका निम्ति प्रेरित गर्न सहकारीले भुमिका खेलेको बताए ।
‘टुगा आस्था विकासमा, मन पनि धन पनि ’ भन्ने नाराको संचालित सकोसले उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋण्ी, अवकास प्राप्त प्रबन्धक शारदा पौडेल र ऋषिराम घर्तीमगरलाई दीर्घ सेवा सम्मान गरेको थियो ।
५२ करोड जम्मा पुजी रहेको संस्थाले वित्तिय सुशासनयुक्त प्रतिस्पर्धी तथा सामुदायमा आधारित उत्कृष्ट सहकारी बन्ने लक्ष्यका साथ गत वर्ष मात्रै नेपाल टुगा साकोस कोटिहवा, आस्थाश्री साकोस ठूटीपिपल र देवनारी विकास साकोस ठूटीपिपल एकीकरण भएको थियो ।
 


लुम्बिनी चिन्तन

थप समाचार