Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

कोलिय गणराज्यको दरबारक्षेत्र दावी गरिएको रुपन्देहीको देवदह खयरडाडाँमा भेटियो प्राचिन इनार र मध्यकालिन संरचना


  • लुम्बिनी चिन्तन
  • आषाढ २३, २०८० शनिवार
  • 552
    SHARES

कोलिय गणराज्यको दरबारक्षेत्र दावी गरिएको रुपन्देहीको देवदह खयरडाडाँमा भेटियो प्राचिन इनार र मध्यकालिन संरचना

 

भैरहवा असार २२/
बुद्धको मावली क्षेत्र रुपन्देहीको देवदहको प्राचिन दरबार रहेको दावी गरिएको खयरडाडाँमा प्राचिन इनार र मध्यकालीन अवशेषहरु भेटिएको छ । 
लुम्बिनी विकास कोषले देवदह ९ खयरडाडाँमा गरेको उत्खननमा प्राचिन इनार र मध्यकालिन भवनको अवशेष भेटिएको लुम्बिनी विकास कोषका पुरातत्व महाशाखा प्रमुख हिमाल उप्रेतीले जानकारी दिए । 
गत जेठ १७ गतेदेखि शुरु गरि असार १५ गतेसम्म करिव एक महिनासम्म गरिएको उत्खननबाट प्राचिन इनार र धार्मिक प्रयोजनका लागि निर्माण गरिएको हुनसक्ने सभाहलमा प्रयोग गरिएका इट्टा, माटोको दियोहरु प्रशस्त भेटिएको लुम्बिनी विकास कोषका उप्रेतीले जानकारी दिए । 
‘प्राचिन इनारको प्रष्ट आकार देखिएको छ, धर्मदेशना गर्न निर्माण गरिएको हुनसक्ने भवनको संरचनामा प्रयोग गरिएको २ साईजका इट्टा भेटिएको छ’पुरातात्वविद् उप्रेतीले भने –‘मध्यकालिनजस्तो देखिने इट्टा भेटिएको हो, तर काल निर्धारणका लागि परीक्षणपछि पुष्टि हुनेछ ।’ 
उत्खननमा ठूलो पर्खालको संरचना, माटोका दियोको पिँध, इट्टाहरु प्रशस्त भेटिएको जनाईएको छ । भेटिएका संरचनाका आधारमा खयरडाँडामा कुनै समयमा धार्मिक प्रयोगका लागि ध्यानकेन्द्र वा कुनै ठूलो भवन भएको अनुमान गर्न सकिने पुरातात्वविद उप्रेतीले बताए ।   
रुपन्देहीको देवदह ९ घोडाहा स्थित खयरडाँडाक्षेत्र नै गौतम बुद्धको मावली कोलीय गणराज्यको राजधानीको दरवार क्षेत्र भएको दाबी गरीएको छ ।  उत्खननमा केहि प्राचिन इनारसँगै ध्यानकेन्द्र जस्तो देखिने भवनको पर्खाल, पूजाका लागि राखिएका दियोहरु प्रशस्त भेटिएकाले देवदहको दावीलाई बल पुगेको बताईन्छ । 
लामो समयदेखि देवदह क्षेत्रमा उत्खननको माग भएपनि हुन सकेको थिएन । उत्खननले प्राचिन इनार र भग्नाअवेषहरु पत्ता लागेले यसले देवदहको खोजीका लागि महत्वपूर्ण प्रमाण फेला पारेको लुम्बिनी विकास कोषको कोषाध्यक्षमा सिद्धिचरण भट्टराईले बताए ।
देवदह नगरभित्रका बैरीमाई, कन्यामाई र भवानीपुर बौद्धकालिन पुरातात्विक स्थलका रुपमा विगतको उत्खननले प्रमाणित गरेकाले त्यहाँको पुरातात्विक स्थलहरूको संरक्षण गर्दै पर्यटकीय आर्कषणको केन्द्र बनाउन सकिने कोषाध्यक्ष भट्टराईले बताए ।
उत्खननबाट प्राप्त भएका पुरातात्वीक वस्तुहरुलाई संरक्षण गर्नका लागि संग्रालय निर्माण गरिने देवदह नगरपालिकाका नगरप्रमुख धु्रव खरेलले बताए । लुम्बिनी विकास कोषका पुरातात्व शाखा प्रमुख हिमाल उप्रेतीको नेतृत्वमा पुरातात्व विभागका हरि भुसाल, कोषका नवराज अधिकारी, चन्द्रप्रकाश पाठक, अन्तर हुसेन मुसलमान, शुभेच्छा पोखरेल, निशा पन्थी र अम्बिका सुब्बा खटिएका थिए । 


लुम्बिनी चिन्तन

थप समाचार