Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धार्थनगरमा 'सुत्केरी आमा कोशेली कार्यक्रम'


  • Sobizpress SuAdmin
  • माघ २७, २०७७ मंगलवार
  • 1.0K
    SHARES

सिद्धार्थनगरमा 'सुत्केरी आमा कोशेली कार्यक्रम'

भैरहवा। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सुत्केरी आमा कोशेली कार्यक्रम ल्याएको छ। जनचेतना बढाई मातृ मृत्यु दर र बाल मृत्यु दर न्यूनिकरण गर्न नगरपालिकले सुत्केरी आमाहरुसँग शुभकामना सन्देश सहित नगर उप प्रमुखको कोशेली भेट कार्यक्रम ल्याइएको हो।
सुत्केरी आमा तथा शिशुको पोषण समबन्धि सचेतना अभिबृद्धि गरी आमा तथा बच्चाको पोषण स्थिती तथा स्वास्थ्यलाई प्रवद्र्धन गर्न सुत्केरी कोशेली भेट कार्यक्रम ल्याइएको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेले बताइन। ‘बालमैत्री नगरपालिका बनाउन नगरपालिकाको आन्तरिक आयबाट कार्यक्रम ल्याइएका छौ’ उनले भनिन्। 
२०७७ कार्तिक १ गते पछिको सुत्केरी आमहरुलाई समेटिने गरी यस वर्ष सोह्र लाख बजेट विनियोजन गरेको नगरपालिकाले जनाएको छ। निरन्तरता दिन बजेट नपुग्ने अवस्थामा आए रकमान्तर गरेर भए पनि कार्यक्रमलाई घर घरमा पु¥याइने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम मरासिनीले बताए।
उपप्रमुखको संयोजकत्वमा बनेको समितिले आमाहरुलाई सचेतना सन्देश सहित पौष्टिक आहारको कोशेली दिइने सिद्धार्थनगर नगरपालिकाकी स्वास्थ्य शाखा प्रमुख उमा थापाले बताइन। कोशेली भेटमा सन्देश मुलक शुभकामना कार्ड घ्यु, च्यवनप्राश, खजुर मह सहित आइरन चक्की, क्यालसियम, भिटामिन ए लगायतका औषधी वितरण गरिने थापाले बताइन्। 


Sobizpress SuAdmin

He is chief editor of our media and continously working for society.

थप समाचार