Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

सिद्धार्थनगर नगरपालिका वडा नं. ४ मा गाउँब्लक जग्गाको जगाधनी दर्ता प्रमाणपुर्जा वितरण


  • लुम्बिनी चिन्तन
  • आषाढ ५, २०८१ बुधवार
  • 822
    SHARES

सिद्धार्थनगर नगरपालिका वडा नं. ४ मा गाउँब्लक जग्गाको जगाधनी दर्ता प्रमाणपुर्जा वितरण

भैरहवा असार ५ । जिल्ला नापी कार्यालय रुपन्देहीले सिद्धार्थनगर नगरपालिका वडा नं. ४ मा गाउँब्लक जग्गाको जगाधनी दर्ता प्रमाणपुर्जा वितरण गरिएको छ । 
सिद्धार्थनगर नगरपालिका वडा नं. ४ को कार्यालय र नापी कार्यालय रुपन्देहीको आयोजनामा वडा नं. ४ का स्थानीयहरुलाई जग्गाधनी दर्ता प्रमाणपुर्जा बुधवार वितरण गरेको हो । 
सिदार्थनगर नगरपालिकाका मेयर ईस्तियाक अहमद खांको प्रमुख आथित्यतामा दोगहरा धर्मशालाको प्रङ्गणमा आयोजित कार्यक्रममा लालपुर्जा बितरण गरिएको वडाअध्यक्ष भोला यादावले जानकारी दिए । १५६ घरधुरी मध्ये १०२ जनाको पूर्जा वितरण गरएिको र बाँकी रहेको लालपुर्जा आउदो असार २५ गते वडा समितिको कार्यालय गएर लिन  अध्यक्ष भोला यादवले स्थानियलाई अनुरोध गरे । उनले पुर्जा कसैले पाएको र कसैले नपाउदा दुःख नमानी ढुक्कसंग बस्न आग्रह गर्दै सबैले पुर्जा पाउने प्रतिबध्ता जनाए । 
उक्त समारोहमा बोल्दै उनले भने, म पटक पटक भन्छु, म तपाइहरुको साशक होइन सेवक बनेर आएको हुँ । म नेता होइन, म वडा नं. ४ को बेटा हुँ । 
यसैगरी जिल्ला नापि कार्यालयका प्रमुख सुग्रिम यादवले लाल पुर्जा पाउने सबैलाई बधाइ दिए । समारोहमा बोल्दै उन्ले आर्थिक बजेट प्रप्त नभएको र नेपाल सरकारले पनि बजेट नछुट्याएकोले गर्दा समस्या धेरै आएको बताए । 
बजेट नभइ काम गर्न गारो भएको बेला ४ नं. वडाका अध्यक्ष भोला यादवले म बजेट छुट्टयाउछु, जसरी भएपनि वडा नं. ४का स्थानियहरुलाई पुर्जा वितरण गर्दिनुस भनि आग्रह गरे पछि हामीलाई पुर्जा वितरण गर्न सहज भएको जिल्ला नापि कार्यालयका प्रमुख यादवले बताए ।  
यसैगरी समारोहमा सिद्धार्थनगर नगरपालिका प्रमुख इस्तियाक अहमद खाँ, सिनपा का वडा नं. ४ अध्यक्ष भोला यादव, नापि कार्यालयका प्रमुख सुग्रीम यादवको, छेदीलाल श्रीवास्तव, नारायण प्रसाद उपाध्याय, इन्द्रमती धोबी, सइद अहमद धुनिया, अर्जुन गुरुङ्ग, अहमद हुसेन, परशुराम यादव , नापीका कर्मचारी सन्दीप ढकाल ,लगायतको उपस्थिति रहेको थियो । gaublock jagaa 5.jpg


लुम्बिनी चिन्तन

थप समाचार