Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

आफूले सम्बोधन गर्दा संसदमा शीर्ष नेता नआएकोमा प्रचण्ड असन्तुष्ट


  • लुम्बिनी चिन्तन
  • आषाढ ६, २०८१ बिहिवार
  • 482
    SHARES

आफूले सम्बोधन गर्दा संसदमा शीर्ष नेता नआएकोमा प्रचण्ड असन्तुष्ट

भैरहवा, असार ६ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा आफूले सम्बोधन गर्दै गर्दा संसद्मा पर्याप्त सांसद र मन्त्री नआएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुसँग प्रधानमन्त्रीले प्रश्नोत्तरको अवसरमा आफु बोल्ने क्रममा शिर्षनेता तथा मन्त्रीहरु उपस्थित नभएको भन्दै असन्तुष्टि प्रकट गरेका हुन् । 
प्रधानमन्त्री प्रचण्डले भने– ‘सबै माननीय सदस्यहरुको ध्यानाकर्षण गराउन चाहन्छु, हाम्रो सदनको एउटा परम्परा, प्रचलन, गरिमा जे भने पनि प्रधानमन्त्रीले बोल्ने दिन सत्तापक्ष पनि प्रतिपक्षका पनि सबै नेताहरू, सबै माननीय सदस्यहरू, मन्त्रीहरू आकस्मिक काम बाहेक सबै मन्त्रीहरू उपस्थित हुने नेपालको इतिहासमा स्थापित थियो । अब क्रमशः त्यो पातलिन थालेको छ । हामीले अमुक प्रधानमन्त्रीलाई अवमूल्यन गरेको पक्कै होइन होला, यो प्रक्रिया जारी रह्यो भने हामी आफैँले आफैँलाई अवमूल्यन गरेको ठहरिन्छ ।’प्रधानमन्त्री प्रचण्डले सबैभन्दा कम बजेट विनियोजन भएको योजना स्थानीय तहबाट र त्यो भन्दा योजना प्रदेश तहबाट कार्यान्वयन गर्न सरकार दृढ रहेको बताए । ३ करोड भन्दा कम बजेट प्रदेश र स्थानीय तह मार्फत कार्यान्वयन गर्ने बताए । संसद सचिवालयका अधिकारीहरुका अनुसार बिहीबारको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपस्थित थिए । तर, प्रधानमन्त्री बोलिरहेका बेला बाहिरिए । सत्तारुढ गठबन्धनकै प्रमुख घटक नेकपा एमलेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित थिए । एकीकृत नेकपा माओवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि अनुपस्थित रहे । प्रधानमन्त्री बोलिरहँदा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने प्रतिनिधि सभामा थिए । तर अरु दुई उपप्रधानमन्त्री एमालेका रघुवीर महासेठ र माओवादीका नारायणकाजी श्रेष्ठ अनुपस्थित थिए ।


लुम्बिनी चिन्तन

थप समाचार