Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भारतको केरलमा पहिरो: ४० जनाको मृत्यु


  • लुम्बिनी चिन्तन
  • श्रावण १५, २०८१ मंगलवार
  • 476
    SHARES

भारतको केरलमा पहिरो:  ४० जनाको मृत्यु

भैरहवा, साउन १५ । भारतको केरलमा पहिरो जाँदा एक जना नेपाली सहित अहिलेसम्म ४० जनाको मृत्यु भएको छ।  मंगलबार बिहान केरलको वायानड जिल्लामा पहिरो जाँदा ४० जनाको मृत्यु भएको भरतीय सञ्चार माध्यमले जनाएको जनाएको छ। केन्द्रीय र प्रदेशीय सरकारले खोजी तथा उद्धारको काम अघि बढाएको छ।  थोन्दरनाड गाउँमा बसिरहेका नेपाली परिवारका एक वर्षीय बालकको मृत्यु भएको छ । यसबारे विस्तृत विवरण भने आइसकेको छैन। केरलमा मंगलबार दिउँसो पनि भारी वर्षा भइरहेको छ। केरल राज्य विपद व्यवस्थापन, सेना लगायत विभिन्न उद्धारकर्मीको टोली पनि खटिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले पहिरोमा परी ज्यान गुमाएकाहरूको परिवारलाई दुई लाख रुपैयाँका दरले राहत र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन्। पहिरोले वायानडको मुनदकाई, चुरालमाला, अटामाला र नुलपुझा गाउँहरूमा धेरै क्षति पुगेको छ। अहिले उद्धारका लागि सेना परिचालन गरिएको छ ।

 


लुम्बिनी चिन्तन

थप समाचार