Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

नेपाल–चीन साँस्कृतिक आदानप्रदान कार्यक्रम लुम्बिनीमा समपन्न


  • लुम्बिनी चिन्तन
  • श्रावण २०, २०८१ आइतवार
  • 566
    SHARES

नेपाल–चीन साँस्कृतिक आदानप्रदान कार्यक्रम लुम्बिनीमा समपन्न

भैरहवा, साउन २० । लुम्बिनी बौद्ध विश्वविद्यालय विश्व कम्युनिसियस सेन्टरको आयोजनामा शनिबार लुम्बिनीमा नेपाल–चीन साँस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन भएको छ । उक्त कार्यक्रममा नेपाल र चीनको सस्कृति झल्किने भेषभूषा र साँस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।कार्यक्रममा बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्ण लाल बज्राचार्यले नेपाल र चीनबीचको सम्बन्ध सदियौदेखि प्रगाढ रहेको बताए । उनले यस्ता साँस्कृतिक कार्यक्रमले दुई देशबीचको सम्बन्धलाई अझ घनिष्ट बनाउने उल्लेख गरे ।त्यस्तै विश्व कम्युनिसियस सेन्टर चीनका चिफ (प्रमुख) प्रोफेसर चोङ्गले बुद्ध जन्मस्थल लुम्बिनीमा दुवै देशको साँस्कृतिक आदानप्रदानले नेपाल र चीनबीचको सम्बन्धमा थप ईट्टा थप्ने काम भएको भन्दै खुसी व्यक्त गरे । उनले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने उल्लेख गरे ।कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारी, नेपाल चीन मैत्री समाज लुम्बिनीका उपाध्यक्ष गोविन्द प्रसाद रेग्मी, प्याब्सन रुपन्देहीका पूर्वअध्यक्ष लेखनाथ पौडेल लगायतले नेपाल र चीनको सम्बन्धमा बारेमा बोलेका थिए ।
कार्यक्रममा चीनकोतर्फबाट ५० र नेपालकोतर्फबाट १० वटा खानाको परिकारको स्टल राखी कार्यक्रममा आमन्त्रित अतिथिहरुलाई स्वाद चखाइएको लुम्बिनी बौद्ध विश्वविद्यालयले जनाएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार