Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बंगलादेशमा रहेका नेपालीलाई सर्तकता अपनाउन दूतावासको अनुरोध


  • लुम्बिनी चिन्तन
  • श्रावण २१, २०८१ सोमवार
  • 412
    SHARES

बंगलादेशमा रहेका नेपालीलाई सर्तकता अपनाउन दूतावासको अनुरोध

भैरहवा, साउन २१ । बंगलादेशको ढाकास्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन आग्रह गरेको छ । बंगलादेशमा जारी कोटाविरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक बनेपछि दूतावासले सोमबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । “बंगलादेशमा जारी कोटाविरोधी आन्दोलन पुनः चर्किएर हिंसात्मक प्रदर्शनहरू भइरहेको र बंगलादेश सरकारबाट हाल अनिश्चितकालीन कर्फ्यु आदेश समेत जारी भएको सन्दर्भमा बंगलादेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई आफू बसेको स्थानमा सुरक्षित रहन र अधिकतम सतर्कता अपनाउन अनुरोध छ,” दूतावासले भनेको छ । 
दूतावासले बंगलादेशमा अध्ययनरत अधिकांश नेपाली विद्यार्थी स्वदेश फर्किइसकेको समेत जनाएको छ । हाल बाँकी करिब ४०० विद्यार्थीसहित सम्पूर्ण नेपाली सुरक्षित रहेको दूतावासले उल्लेख गरेको छ । बंगलादेशमा रहेका नेपालीसँग दूतावास निरन्तर सम्पर्कमा रहेको सूचनामा जनाइएको छ । “नेपाल फर्किन चाहने विद्यार्थीहरू तथा सम्पूर्ण नेपालीहरूले यस राजदूतावाससँग समन्वय गरी सुरक्षा प्रबन्ध सुनिश्चित भइसकेपछि मात्र यात्रा गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” दूतावासले भनेको छ । 

download (1).jfif


लुम्बिनी चिन्तन

थप समाचार