प्रेरणा नेपाल । भैरहवा, साउन २२ । हेभेन्ली गार्डेन किड्स क्याम्पस प्रा.लि भैरहवाले मम्मी डान्स आइडल सिजन थ्रि को आयोजना गरेको छ । मम्मी डान्स आइडल सिजन थ्रि को अडिसन राउनड सकिसकेको छ । अडिसन साउन ११ गते र १६ गते गरि दुइदिन गरिएको थियो ।
आमाहरुमा रहेको प्रतिभालाई बाहिर ल्याउनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको हेभेन्ली गार्डेन किड्स क्याम्पसका प्राचार्य तथा कार्यक्रमको आयोजक रचना क्षेत्रीले जानकारी दिनु भयो । उनि भन्छिन ‘आमा भैसकेपछि कतिपय इच्छाहरु मार्नुपर्ने हुने र ति इच्छाहरुलाई पुरा गराउने उद्देश्यले यस कार्यक्रमको आयोजना गएिको हो ।
आमाहरुलाई पनि नाच्न मन लाग्ने, गाउन मन लाग्ने भएकोले नृत्यलाई विशेष प्रथमिक्ता दिएर हामीले यस कार्यक्रमको आयोजना गरेका हौ ।’ यस कार्यक्रमले आमाहरुको हौसला बढाउनुका साथै यसले समपुर्ण आमाहरुलाई प्रेरणा मिल्ने उनि बताउछिन ।
अडिसनमा ३५ जना बढिको सहभागीता रहेको थियो । कतिपयले बर्खाले गर्दा बाटोघाटो बिग्रेको भएर अनलाईनबाटै अडिसन दिएका थिए जसबाट ५ जनालाई छनोट गरिएको प्राचार्य क्षेत्रीले जानकारी दिइन् ।
उक्त डान्स आइडलको अडिसन राउनडबाट २५ जना आमाहरुको फाइनलको लागि छनोट गरिएको पनि उनले बताईन् । सेलेक्सनपछि ३ दिनको वर्कसप पनि गरिएको थियो ।
सहभागी आमाहरु भन्छन, हामी निकै खुसी छौं, जोस जागर अनि उत्साह बोकेर आएका छौ । जसले जितेपनि हामीलाई लाग्छ जित हामी आमाकै भएको छ ।
प्रतियोगिताको फाईनल साउन २६ गते होटल पौवामा हुदैछ । फाइनलमा जजहरु भारतको सिल्लिगुडीबाट बरिष्ठ नृत्याङगना पन्नु गजमेर, पूर्व मिसनेपाल सुगारिका केसी र कोरियोग्राफर मुकेश गुरुङ आउने भएका छन् । कार्यक्रमको संचालन दुर्गा गुरुङद्वारा गरिनेछ ।
हेभेन्ली गार्डेनले २०७२ सालमा पहिलो पटक मम्मी डान्स आईडल गरेको थियो । कोभिडका कारण यस कार्यक्रमलाई निरन्तरता दिन नपाए पनि यस पटक भने यस कार्यक्रमलाई निरन्तरता दिएको उनको भनाई छ । प्रतियोगितामा सहभागीतकालागि रुपन्देही, कपिलबस्तु, चितवन लगाएतका जिल्लाबाट र प्रदेश बाहिरबाट पनि प्रतियोगिहरु आएका थिए ।
मम्मी डान्स आईडलमा प्रथम हुनेले २० हजार रुपैया नगद सहित गिफ्ट ह्याम्पर पाउने छन् । त्यसैगरी दाश्रो हुनेले १५ हजार र गिफ्टह्याम्पर तथा तेस्रो हुनेले १० हजार र गिफ्ट ह्याम्पर पाउने क्याम्पसले जनाएको छ ।दर्शकको रोजाइमा छनौट हुने प्रतियोगिले ५ हजार नगद सहित गिफ्ट ह्याम्पर पाउने छन् ।