Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

जापानमा ७.१ म्याग्नेच्‍युडको शक्तिशाली भूकम्प


  • लुम्बिनी चिन्तन
  • श्रावण २४, २०८१ बिहिवार
  • 456
    SHARES

जापानमा  ७.१ म्याग्नेच्‍युडको शक्तिशाली भूकम्प

भैरहवा, साउन २४ । जापानको दक्षिणी तटीय क्षेत्रमा शक्तिशाली भुक्म्प गएको छ । जापानको मौसम विज्ञान एजेन्सीका अनुसार  बिहीबार दिउँसो दक्षिणी तटीय क्षेत्रमा  ७.१ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको हो । शक्तिशाली भूकम्प गएसँगै दक्षिणपश्चिम भेगका मियाजाकी, कोची, ओइटा, कागोशिमा र इह्मी प्रिपेक्चरहरूलगायत  टापुहरूको तटीय क्षेत्रहरूमा सुनामीको चेतावनी जारी भएको छ ।  दक्षिणपश्चिमी टापु क्युसु र शिकोकु सबैभन्दा प्रभाव परेको  जापान टाइम्सले बताएको छ । जापान टाइम्सका अनुसार, भूकम्प स्थानीय समय अनुसार साँझ ४ः४३ बजे ह्युगानाडा समुद्रमा मियाजाकीको तटबाट २० माइलभन्दा कम पर आएको थियो। पहिलो भूकम्प ३३ किलोमिटर गहिराइमा र त्यसपछि २५ किलोमिटर गहिराइमा दोस्रो भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । त्यस क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई समुन्द्र किनारबाट टाढा रहन अनुरोध गरिएको छ।


लुम्बिनी चिन्तन

थप समाचार