Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

बंगलादेशमा हिन्दू धर्मावलम्बीहरुमाथि हिंसा भएको भन्दै भैरहवामा प्रदर्शन (तस्विरहरु)


  • लुम्बिनी चिन्तन
  • श्रावण ३०, २०८१ बुधवार
  • 400
    SHARES

बंगलादेशमा हिन्दू धर्मावलम्बीहरुमाथि हिंसा भएको भन्दै भैरहवामा प्रदर्शन (तस्विरहरु)

भैरहवा, ३० साउन । बंगलादेशमा हिन्दु धर्मावलम्बीहरुमाथि निर्मम हत्या, हिंसा तथा मठ–मन्दिरमा तोडफोड भइरहेको भएको भन्दै मंगलबार रुपन्देहीको भैरहवामा विरोध प्रदर्शन गरिएको छ। त्यस्तै बंगलादेशमा ज्यान गुमाएका व्यक्तिहरुको सम्झनामा श्रद्धाञ्जली सभा गरिएको छ ।बंगलादेशमा ज्यान गुमाएका व्यक्तिहरुको सम्झनामा दीप प्रज्जवलन गरिएको विश्व हिन्दू परिषद् नेपाल, रुपन्देहीका अध्यक्ष गोपाल उपाध्यायले जानकारी दिए ।

विश्व हिन्दू परिषद् नेपाल, रुपन्देही र सनातनी युवा परिवार, रुपन्देहीको संयुक्त आयोजनामा भैरहवाको मिलनचोकमा विरोध प्रदर्शन गरिएको कार्यक्रम संयोजक बैजनाथ गुप्ता (बी.एन.) ले बताए । उनले हिन्दू धर्मको रक्षाका लागि अब पार्टी, जातजाति नभनी सम्पूर्ण हिन्दूहरु एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले हिन्दू धर्मको संरक्षणका लागि अब सम्पूर्ण नेपालीहरु मिलेर अघि बढ्नुपर्ने धारणा राखे ।

कार्यक्रममा बोल्ने वक्ताहरुले सम्पूर्ण हिन्दू एकजुट भएर बंगलादेशमा भएको निर्मम हत्या हिंसाको विरोध गर्नुपर्ने बताए । उनीहरुले बंगलादेशका अल्पसंख्यक हिन्दू समुदायमाथि भइरहेको निरन्तर हिंसा र अत्याचारको कडा निन्दा गर्दै तत्काल बन्द गर्न माग गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री चन्द्रकेश गुप्ता (सि.के.) ले बंगलादेशमा हिन्दू धर्मावलम्बीहरुमाथि भएको हत्या हिंसाको जति विरोध गरे पनि कमै हुने बताए । उनले नेपालमा सम्पूर्ण धर्मावलम्बीहरु मिलेर बसेको कुरा बंगलादेशका शासकले सिक्नुपर्ने बताए ।

कार्यक्रममा समाजसेवी महेन्द्र यादव, ब्राह्मण महासंघ नेपालका केन्द्रीय अध्यक्ष शम्भुनाथ उपाध्याय, समाजसेवी अजय कुमार गुप्ता, रवि कुमार रौनियार, महेन्द्र गुप्ता (प्रशान्त), संजय बजिमय लगायतले बोलेका थिए ।

प्रदर्शनमा सहभागीहरुले बंगलादेशमा हिन्दूमाथिको दमन बन्द गर, हिन्दू धर्मको रक्षा गरौं, शासन व्यवस्था जुनसुकै होस्, नेपाल हिन्दू राष्ट्र होस् लगायतका नारा लगाएको विश्व हिन्दू परिषद् नेपाल, रुपन्देहीका उपाध्यक्ष शशिकान्त उपाध्यायले बताए ।


लुम्बिनी चिन्तन

थप समाचार