Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

मुलुकको अर्थतन्त्र सुधार हुँदै छः अर्थमन्त्री पौडेल


  • लुम्बिनी चिन्तन
  • भाद्र ३१, २०८१ सोमवार
  • 526
    SHARES

मुलुकको अर्थतन्त्र सुधार हुँदै छः अर्थमन्त्री पौडेल

भैरहवा, भदौ ३१ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधार हुँदै गएको बताएका छन्। वर्तमान सरकार बनेसँगै नागरिकमा आशाको सञ्चार भएको उनको दाबी छ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७१औँ वार्षिक साधारणसभालाई सोमबार बुटवलमा सम्बोधन गर्दै मन्त्री पौडेलले राजस्व परिचालन, पुँजीगत खर्चलगायतका आर्थिक सूचकहरू सकारात्मक देखिएको बताए। मुलुकमा स्थिर सरकार नहुँदा विकास र समृद्धिमा चुनौती देखिएको बताउँदै स्थिरता, विकास र समृद्धिको लागि संसद्का दुई ठुला दलहरू कांग्रेस र एमाले एक ठाउँमा आएको पनि अर्थमन्त्री पौडेलले बताए।

स्थिरता, विकास, सुशासन, समृद्धिको अभिभारासहित सत्तासहकार्य भएको भन्दै उनले संसद्को बाँकी अवधिको पूरा कार्यकाल जाने दाबी गरे। पूर्व–पश्चिम र उत्तर–दक्षिणको ट्रान्जिक्टका रूपमा बुटवल रहेको उल्लेख गर्दै पौडेलले तत्काल केही भएन भनेर मन साँघुरो नबनाउन उद्योगीलाई आग्रह गरे।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीका हिसाबले सात प्रदेशमध्ये लुम्बिनी प्रदेशमा सबैभन्दा बढी सम्भावना रहेको बताए। मुलुकमा नीतिगत स्थायित्व जरुरी रहेको धारणा राख्दै उनले भने, ‘अहिले नीतिगत अस्थिरता छ, म अर्थमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, अर्थमन्त्रीका रूपमा तपाईंलाई पाएपछि केही भए पनि आशा जाग्रित भएको छ, लगानीकर्तालाई उत्साहित गर्ने गरी कानुनमा सुधार गर्न ध्यान दिनुहोला।’


लुम्बिनी चिन्तन

थप समाचार