काठमाण्डौ कात्तिक २/
जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि उनलाई पक्राउ गरी प्रहरी टोली खटिएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो९सिआइबी०बाट एसपी होबिन्द्र बोगटीको नेतृत्वमा टोली खटिएको छ। साथै, रास्वपाको कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
रास्वपाले भने पत्रकार सम्मेलनको तयारी गरेको छ।
सूर्यदर्शन सहकारीबाट गोर्खा मिडियामा गएको रकम दुरुपयोग गरेको अभियोगमा लामिछानेविरुद्ध अनुसन्धान अघि बढेको हो।