Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भारतमा पछिल्लो २४ घण्टामा एक लाख ५० हजार बढिमा सङ्क्रमण


  • लुम्बिनी चिन्तन
  • चैत्र २९, २०७७ आइतवार
  • 1.2K
    SHARES

भारतमा पछिल्लो २४ घण्टामा एक लाख ५० हजार बढिमा सङ्क्रमण

काठमाण्डौ । भारतमा पछिल्लो २४ घण्टा एक लाख ५० हजारभन्दा धेरै जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा एक लाख ५२ हजार आठ सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको र कोरोनाका कारण आठ सय ३९ जनाको ज्यान गएको जनाएको छ । 

योसँगै भारतमा अब कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ११ लाखभन्दा धेरै भएको छ, त्यस्तै कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ६९ हजार दुई सय ७५ पुगेको छ । भारतमा कोरोना महामारीको पहिलो लहर देखिएको सङ्क्रमण दरभन्दा दोस्रो लहरको सङ्क्रमण दर धेरै चिन्ताजनक देखिएको छ । 

केही दिनयता भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या लगातार बढिरहेको छ । अहिलेसम्म भारतमा एक करोड ३३ लाख ५८ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको र तीमध्ये एक करोड २० लाख ८१ हजारभन्दा धेरै निको भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा गएको ७ अप्रिलमा एक लाख १५ हजार सात सय ३६, ८ अप्रिलमा एक लाख २६ हजार सात सय ८९, ९ अप्रिलमा एक लाख ३१ हजार नौ सय ६८ र १० अप्रिलमा एक लाख ४५ हजार तीन सय ८४ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।  


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार