Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

नवौं लुम्बिनी राष्ट्रिय महोत्सवमा ‘भैरहवा डान्स आइडल’ र ‘भ्वाइस अफ भैरहवा’ प्रतियोगिता हुने


  • लुम्बिनी चिन्तन
  • मंसिर १५, २०८१ शनिवार
  • 430
    SHARES

नवौं लुम्बिनी राष्ट्रिय महोत्सवमा ‘भैरहवा डान्स आइडल’ र ‘भ्वाइस अफ भैरहवा’ प्रतियोगिता हुने


भैरहवा मंसिर १५/
कला–गला र नृत्य मार्फत् स्थानीय प्रतिभाहरुलाई उजागर गर्ने उद्देश्यले भैरहवामा आयोजनाको संघारमा रहेको नवौं लुम्बिनी राष्ट्रिय महोत्सव–२०८१ मा ‘भैरहवा डान्स आइडल’ र ‘भ्वाइस अफ भैरहवा’ प्रतियोगिता हुने भएको छ ।

मंसिर २० देखि पुस १ सम्म भैरहवाको अंचलपुरमा आयोजना हुन लागेको महोत्सवका आकर्षण मध्ये यी दुई आइडल पनि रहेको मेला आयोजक संस्था सिद्धार्थ उद्योग बाणिज्य संघ, रुपन्देहीले जनाएको छ । महोत्सवका साँस्कृतिक कार्यक्रम संयोजक दीपेन्द्र प्रधानले विगतका सिजनमा जस्तै यसपटकको आइडलले दर्शक र स्रोतको मन जित्ने विश्वास गरे ।

उद्योग बाणिज्य संघले भैरहवा डान्स आइडलको अडिसन राउन्ड समेत गरिसकेको छ । जसमा २० जना प्रतियोगी चुनिएका छन् । यता भ्वाइस अफ भैरहवामा १० जना चुनिएका छन् । ‘हामीले महोत्सव लगाउन सुरु गरेको दुईदशक भएको छ । महोत्सवमा स्थानीय कलाकारलाई बोलाएर नृत्य प्रस्तुत हुँदै आए पनि भैरहवा डान्स आइडल भने पहिलो पटक गर्न लागिएको हो । ‘सिजन–१ सुरु भएको छ’, उनले भने, ‘आउँदा महोत्सवमा यसलाई निरन्तरता दिन्छौं ।’ भ्वाइस अफ भैरहवा भने पाँचौ सिजनमा पुगेको छ ।collage.jpg

शनिबार सिद्धार्थ उद्योग वाणिज्य संघको सभाहलमा भएको अडिसनमा रुपन्देही जिल्लाका विभन्न स्थानका प्रतियोगीहरुले सहभागिता जनाएका थिए ।डान्स आइडलका निर्णायक सुभम शुक्लाले प्रतियोगीहरुलाई नृत्यमा स्टेज कभर, एक्सप्रेसन (हाउभाउ), कोर्डियोग्राफीका आधारमा चुनिएको बताए । महोत्सव मूल आयोजक समितिका संयोजक एवं सिद्धार्थ उद्योग वाणिव्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले विगतका वर्षहरुमा संघकै आयोजनामा भएका भ्वाइस अफ भैरहवामा मार्फत् नै भूपेन्द्र थापा मगर लगायतले यस क्षेत्रलाई राष्ट्रियस्तरमा चिनाउन भूमिका निर्वाह गर्दै आएको बताए ।

भ्वाइस अफ भैरहवामा कुल ३० जना प्रतियोगी सहभागी भएकामा १० महोत्सवमा हुने स्टेज प्रस्तुतीका लागि चुनिएका छन् । भ्वाइस अफ भैरहवाका निर्णायक राजा शाहीले प्रतियोगितामा सहभागीहरुको दर्शकहरुलाई आकर्षण गर्न सक्ने क्षमता, सुर, टाइमिङलाई मध्यनजर गर्दै निर्णय गरिने जानकारी दिए । भैरहवा डान्स आइडल सिजन–१ र भ्वाइस अफ भैरहवामा सिजन–५ मा प्रथम हुनेले २५ हजार, द्वितिय हुनेले २० हजार र तृतीय हुनेले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।


लुम्बिनी चिन्तन

थप समाचार