आइतबार, चैत्र ०३ । अमेरिकाको टेक्सस राजधानी अस्टिनको प्रदेश सभाले मार्च १३ लाई “लुम्बिनी दिवस“ को रुपमा मनाउने घोषणा गरेको छ ।
यति महत्वपूर्ण उपलब्धी हाँसिल गर्न गराउन लुम्बिनी बुद्ध परिपथका पालिकाहरुको निरन्तरको समन्वय, सहकार्य र पहलबाट सम्भव भएको लुम्बिनी साँस्कृतिक नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछाने बताए ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाका सुचना अधिकारी रामचन्द्र अर्यालले मार्च १३, नेपाल र नेपाली मात्र लागि गर्विलो दिनका रुपमा रहने बताए । उनले समग्र लुम्बिनी क्षेत्रसंग सम्बन्धित सम्पदाको संरक्षण, सम्बद्र्धन र प्रचारप्रसारमा यस दिन कोशेढुंगा सावित हुने बताए ।
यस्तो महत्वपूर्ण निर्णयले लुम्बिनी क्षेत्रको विकासका लागि टेवा पुग्ने कपिलवस्तु नगरपालिका नगर प्रमुख सुदिप पौडेलले बताए । उनले यस उपलब्धिलाई ध्यानमा राखेर पर्यटन प्रबर्धनका लागि योजना बनाउने बताए ।
नेपाल सरकारका उपसचिव रामप्रसाद ज्ञवालीले समग्र लुम्बिनी र लुम्बिनी परिपथको पर्यटन सम्भावनालाई यस दिनले थप उजागर गर्ने बताए ।
तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले नेपालका अन्य पर्यटकिय स्थलको थप प्रवर्धन गर्न यस्ता कदमहरु महत्वपूर्ण हुने बताए ।