Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

नयाँ वर्ष २०८२ को पूर्व संध्यामा भैरहवामा सडक खाना महोत्सव हुने


  • लुम्बिनी चिन्तन
  • चैत्र ६, २०८१ बिहिवार
  • 524
    SHARES

नयाँ वर्ष २०८२ को पूर्व संध्यामा भैरहवामा सडक खाना महोत्सव हुने


भैरहवा चैत ७/
होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, रुपन्देहीको आयोजना नयाँ वर्ष २०८२ को पूर्व संध्यामा भैरहवामा सडक खाना महोत्सव हुने भएको छ । 
नेपाली नयाँ वर्षको अवसरमा चैत ३० गते होटल व्यवसायीहरुको आयोजना तथा भैरहवामा रहेका विभिन्न संघ–संस्थाको सहकार्यमा खाना महोत्सव हुन लागेको संगठनका अध्यक्ष राम प्रसाद पोख्रेलले जानकारी दिनु भयो । 
आन्तरिक तथा भारतीय पर्यटकलाई आर्कषित गर्नका लागि एकदिने सडक खाना महोत्सव आयोजना गर्न लागिएको  उहाले बताउनु भयो । भैरहवाको व्यवसाय प्रवद्र्धन गर्दै पर्यटन क्षेत्रको पुर्नउत्थान गर्ने कार्यक्रमको उद्देश्य रहेको संगठनका पुर्व अध्यक्ष तथा सिद्धार्थ संजाल रुपन्देहीका अध्यक्ष अनिल ज्ञवालीले जानकारी दिनु भयो । 
करिव ७५ वटा स्टल रहने  उक्त महोत्सवमा तारे होटल जन्य , रेष्टुरेण्टजन्य साथै थारु, नेवारी, मगर परिकारका विभिन्न स्टलहरु रहने संगठनका महासचिव सुनिल क्षेत्रीले बताउनु भयो । कार्यक्रममा स्थानीय कला संस्कृति, स्थानीय विद्यालय नृत्य, स्थानीय कलाकारका साथै राष्ट्रिय कलाकारहरुबाट प्रस्तुती तथा डिजे रहने छन् ।
महोत्सवमा भैरहवा आसपासका गाउँपालिकाहरुमा बसोबास गर्ने स्थानीयका साथै छिमेकी मुलुक भारतबाट समेत दर्शकहरुको सहभागीता रहने जनाईएको छ ।
महोत्सवले पर्यटन व्यवसाय र विश्व अर्थतन्त्रमा देखा परेको आर्थिक तरलतालाई थोरै भए पनि राहत पाउने अपेच्क्षा गरिएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार