Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लुम्बिनी विश्व सम्पदा सम्मेलन २०२५ सम्पन्न


  • लुम्बिनी चिन्तन
  • बैशाख ११, २०८२ बिहिवार
  • 666
    SHARES

लुम्बिनी विश्व सम्पदा सम्मेलन २०२५ सम्पन्न

लुम्बिनी । लुम्बिनीमा ‘लुम्बिनी विश्व सम्पदा सम्मेलन २०२५’ सम्पन्न भएको छ । बुधबारबाट सुरु भएको सम्मेलन बिहीवार लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा(खेन्पो छिमेछिरिङ)ले समापन गरेका हुन्। विश्व सम्पदा सम्मेलनले लुम्बिनीको विकास, संरक्षण र व्यवस्थापनमा ठूलो सहयोग पुगेको धारणा व्यक्त गर्दै सम्मेलन समापन घोषणा गरेका हुन् ।

लुम्बिनी विकास कोषको आयोजना तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग, युनेस्को  र आईकोमोस नेपालको सहयोगमा आयोजित   सम्मेलनले युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाको संरक्षण बारे स्थलगत अनुगमन निरीक्षण गर्दै
लुम्बिनीको पुरातात्विक महत्व, संरक्षण, अनुसन्धान र लुम्बिनीलाई आध्यात्मिक बनाउने विषयमा 
विशेषरुपमा छलफल र विमर्श भएको थियो । WhatsApp Image 2025-04-24 at 1.43.55 PM.jpeg

सम्मेलनमा लुम्बिनी विकास कोषका सदस्य सचीव सानुराज शाक्यले पुरातत्व विभाग र युनेस्कोले दिएको निर्देशन र सुझावको आधारमा गरेको कार्यप्रगती प्रस्तुत गरेका थिए। सम्मेलनमा डरहम विश्वविद्यालय युके प्राध्यापक रोबिन कोनिङ्घमले पुरातात्विक खोज तथा अनुसन्धान बारे कार्यपत्र प्रस्तुत गरेका थिए भने लुम्बिनी विकास कोषको विश्व सम्पदा इकाईका वरिष्ठ निर्देशक तथा प्रमुख ज्ञानिन राईले तीर्थयात्रा व्यवस्थापन बारे कार्यपत्र प्रस्तुत गरेका थिए। 

सम्मेलनमा सम्पदा व्यवस्थापनमा अन्तर्राष्ट्रिय विशेषज्ञ डा. काई वेइसले पुरातात्त्विक महत्त्व र गुम्बा व्यवस्थापन तथा विकास समितिका अध्यक्ष गेशे जिग्दोलले लुम्बिनीमा धार्मिक महत्त्व बारे चर्चा गरेका थिए ।WhatsApp Image 2025-04-24 at 1.43.57 PM.jpeg

दुई दिन आयोजना भएको उक्त सम्मेलनले लुम्बिनीको संरक्षण र प्रवर्द्धन र विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको वरिपरि भइरहेका पूर्वाधार निर्माण र प्रदूषणका कारण परेको प्रभावबारे  सुधारको लागी पहल गर्ने छ।


लुम्बिनी चिन्तन

थप समाचार