Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लेभान्टेसँग स्तब्ध रियल मड्रिड


  • लुम्बिनी चिन्तन
  • माघ २९, २०७७ बिहिवार
  • 964
    SHARES

लेभान्टेसँग स्तब्ध रियल मड्रिड

 काठमाडौ।  डिफेन्डिङ च्याम्पियन रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा पराजित भएको छ। रियल आफ्नै मैदानमा लेभान्टेसँग २–१ गोलअन्तरले पराजित भएको हो।

खेलको सुरुवातमै १० खेलाडीमा झरेको रियलविरुद्ध लेभान्टेका जोसे लुइस मोरालेस नोगालेस र रोजर मार्टीले गोल गरे। यता, रियलका लागि मार्को एसेन्सियोले गोल गरेका थिए। सुरुवातमै गोल गरेको रियलले आफ्नो अग्रतालाई जोगाउन नसक्दा हार व्यहोरेको हो।

इडर मिलिटाओले खेलको नवौं मिनेटमा नै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि रियल १० खेलाडीमा सीमित भएको थियो। खेलको १३ औं मिनेटमा नै मार्को एसेन्सियोले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाए। तर ३२ औं मिनेटमा मोरालेस नोगालेसले गोल गर्दै लेभान्टेलाई १–१ गोलको बराबरीमा फर्काए।


लुम्बिनी चिन्तन

थप समाचार