Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

डीभी चिट्ठाको नतिजा आयो, यसरी हेर्न सकिन्छ


  • लुम्बिनी चिन्तन
  • बैशाख २६, २०७८ आइतवार
  • 1.8K
    SHARES

डीभी चिट्ठाको नतिजा आयो, यसरी हेर्न सकिन्छ

काठमाण्डौ । अमेरिकी सरकारले प्रदान गर्ने डीभी चिट्ठाको नतिजा सार्वजनिक भएको छ ।

सन् २०२२ को लागि आवदेन दिएकाहरुको नतिजा गएराति सार्वजनिक भएको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । नतिजा थाहा पाउनको लागि  dvprogram.state.gov मा गएर आफ्नो कन्फर्मेशन नम्बर, थर र जन्ममिति राख्नुपर्नेछ ।

छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रक्रियाको बारेमा जानकारी साइटमा नै उपलब्ध छ । दूतावास या अमेरिकी सरकारका अन्य कुनै निकायले डीभी कार्यक्रममा छनौट भएको भन्ने बेहोराको इमेल नपठाउने भएकाले कसैले त्यस्तो इमेल पठाएमा विश्वास नगर्न पनि दूतावासले आग्रह गरेको छ ।


लुम्बिनी चिन्तन

थप समाचार