Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भारतमा ह्वाइट फंगस : ब्ल्याक फंगसभन्दा बढी संक्रामक, चार बिरामी भेटिए


  • लुम्बिनी चिन्तन
  • जेठ ७, २०७८ शुक्रवार
  • 1.3K
    SHARES

भारतमा ह्वाइट फंगस : ब्ल्याक फंगसभन्दा बढी संक्रामक, चार बिरामी भेटिए

हालसम्म ब्ल्याक फंगस (म्यूकर माइकोसिस) सँग जुधिरहेको पटनामा ह्वाइट फंगसका बिरामी भेटिएपछि कोकोहोलो मच्चिएको छ । ब्ल्याक फंगसभन्दा बढी घातक मानिने यो रोगका चार बिरामी पछिल्ला केही दिनमा भेटिएका छन् । ह्वाइट फंगस (क्यान्डिडोसिस) फोक्सोको संक्रमणको मुख्य कारण हो । फोक्सोबाहेक छाला, नङ, मुखको आन्तरिक भाग, आन्द्रा, मृगौला, गुप्ताङ्ग र दिमाग आदिलाई पनि संक्रमित गराउँछ । 

पटनाको मेडिकल कलेज एवं अस्पतालमा माइक्रोबायोलोजी विभागका प्रमुख हेड डा। एसएन सिंहले भने, ‘हालसम्म यस्ता चारजना बिरामी भेटिए जसमा कोभिड-१९ जस्ता लक्षण थिए । तर उनीहरु कोरोनाद्वारा नभई ह्वाइट फंगसद्वारा संक्रमित थिए । बिरामीमा कोरोनाका तीन टेस्ट र्यापिड एन्टीजन, र्यापिड एन्टीबडी र आरटी–पीसीआर परीक्षण नेगेटिभ थिए । परीक्षण गर्दा एन्टी फंगल औषधीबाट निको भए । यसमा पटनाका चर्चित सर्जन पनि छन् जसलाई एउटा प्राइभेट अस्पतालमा कोरोना वार्डमा भर्ना गरिएको थियो । परीक्षण गर्दा उनी ह्वाइट फंगसबाट पीडित भएको पत्ता लाग्यो । एन्टी फंगल औषधीपछि उनको अक्सिजन लेभल ९५ पुगेको छ । ’

​ह्वाइट फंगसद्वारा फोक्सोको संक्रमणको लक्षण हाइ रिजोलुशन कम्प्युटेड टोमोग्राफी (एआरसीटी) मा कोरोनाजस्तै देखिन्छ । यसमा  अन्तर गर्न मुश्किल हुन्छ । यस्ता बिरामीमा र्यापिड एन्टीजन र आरटी–पीसीआर परीक्षण नेगेटिभ हुन्छ । एचआरसीटीमा कोरोनाजस्तो लक्षण ९धब्बा० देखिँदा र्यापिड एन्टीबडी टेस्ट र फंगसका लागि खकारको कल्चर गराउनुपर्छ । कोरोना बिरामी जो अक्सिजन सपोर्टमा छन् उनीहरुको फोक्सोलाई यसले संक्रमित गर्न सक्छ । 

ह्वाइट फंगसको पनि त्यहि कारण हो जुन ब्ल्याक फंगसको हो जस्तै प्रतिरोधी क्षमताको कमी । मधुमेह, एन्टिबायोटिकको सेवन वा स्टेरोयडको लामो सेवन । क्यान्सरका बिरामी जो औषधी खाइरहेका छन्, उनीहरुलाई यसले गाँज्ने गर्छ । 

नवजातमा यो डायपर क्यान्डिडोसिसको रुपमा हुन्छ । जसमा क्रिम रङको सेतो धब्बा देखिन्छ । साना बच्चामा यसलाई ओरल थ्रस्ट भनिन्छ । महिलामा यो ल्यूकोरियाको मुख्य कारण हो । 


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार