भैरहवा । नेकपाका महासचिव तथा नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलले नेकपा नफुटेको बताएका छन ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली पक्षको बृहद आमसभामा बोल्दै नेकपाका केही स्वार्थी तत्वहरु फुटेका हुन, छोडेर गएका हुन नेकपा नफुटेको दाबी गरे । ‘नेकपा विभाजित हुन यहाका जनताले दिने छैनन, जंगली महात्वाकक्षी इच्छाले गर्दा बाहिर गएको हुन । उनले भने
नेकपाबाट बाहिर गएका समृद्धि, सबल सुदृण लोकतन्त्र देख्न नचाहने तत्वहरु केही समय पछि किनारा लाग्ने बताउदै अन्योल र अलमलमा परेका साथीहरु केही समय पछि आउने बताए ।

चुनावको प्रसंगमा बोल्दै अर्थमन्त्री पौडेलले बैशाख १७ र २७ गते कुनै पनि हालमा चुनाव हुने दाबी गरे । लुम्बिनी प्रदेशमा बैशाख १७ गते चुनाव हुन्छ यसलाई दुनियाको कुनै तागतले रोक्न सक्दैन ।
‘कतिपय मानिसहरूलाई नेकपा फुट्यो भन्ने लागेको छ । तर धनगढीदेखि शुरू भएको जनसभा बुटवलमा हुँदैछ, विराटनगर, सुर्खेत, पोखरामा हुनेछ, यी जनसभाले के पुष्टि गर्दैछ भने नेकपा फुटेको होइन, फुट्ने छैन,’ उनले भने, ‘केही स्वार्थी, षड्यन्त्रकारी, विभाजनकारी तत्वहरू चोइटिएका हुन्, नेपाल कम्युनिस्ट पार्टी फुटेको छैन, नेपाली जनताले फुट्न दिँदैनन् । अबको जनमतले हिजो भन्दा बहुसंख्यक ठाँउमा मात्र होइन हारेको ठाउमा पनि चुनाव जित्ने बताए ।