भैरहवा । प्रधानमन्त्री केपी शर्मा ओलीले सुर्य चिन्हमा कुनै विवाद नभई हाम्रै रहेको दाबी गरेका छन ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको बृहद आमसभालाई बुटवलमा सम्बोधन गर्दै ओलीले सुर्य चिन्ह दर्ता गराउने नै हामी हो, जीवनमा अहिले सम्म जति पटक चुनाव लडे पनि सुर्य चिन्ह लिएर नै लडेको छु । प्रचण्डले जीवनमा अहिले सम्म एक पटक पनि सुर्य चिन्हमा चुनाव न लडेकोले सुर्य चिन्हमा दाबी गर्न मिल्छ र ?

सरकार तिन वर्ष चुप लागेर बसेको होइन, यस दौरान सरकारले विभिन्न काम गरेको छ जसको समिक्षा फागुन ३ गते सार्वजनिक हुने छ । अहिले विरोधीहरु छटपटाउनु भनेको अरु कुनै कारण होइन असाधरण विकासले नै हो । प्रतिनिधिसभा विघटन संविधान सम्मत भएको भन्दै अदालतले देशलाई अस्थिरतामा लैजादैन । संसद विघटन सविधान विपरीत नभई सविधान सम्मत भएको छ । ओलीले भने

देश अस्थिरता तर्फ धकेलिने भएपछि संसद विघटन गरेको हो, आफै भित्र नै सहयोग नभएपछि सविधान अनुसार नै बहुमतको प्रधानमन्त्रीको विशेष अधिकारबाट बिघटन गरेको हु । संसद पुनर्रस्थापना भए संसदमा कसैको पनि बहुमत आउदैन, उल्टो किनबेचको चलखेल निम्तिन्छ यसले देशलाई अस्थिरतामा लैजाने काम हुन्छ । उनले जनतमबाट प्रचण्ड– माधव नेपाल समूहलाई लोकप्रिय हुन छ भने चुनावमा आएर मतपेटिकाको भोटबाट देखाउन बताए । अबको चुनावमा ५० लाख समानुपातिक मत र प्रत्यक्ष तर्फ बहुमत ल्यएर देखाउछौ सक्नु हुन्छ भने प्रचण्ड– माधवसमूहले घटाएर देखाउनुस ।

प्रचण्डले झुटो सपना देखाएर थुपै्र पिडित बनाएकोेहरुलाई सरकारले सम्मान गरी समृद्ध नेपाल सुखी नेपाली बनाउने दाबी गरे । आम नागरिक ढुक्क भएर अघि बढ्नुस चुनावलाई कसैले रोक्न सक्दैन । देशलाई अस्थिरता तर्फ अदालतले पनि फर्काउन चाहदैनन त्यसमा म विश्वस्त छु । देशमा न्याय मर्ने छैन, हामी जित्छौँ हामीसँग जनता छन र हाम्रा उद्देश्य महान छ ओलीले भने ।
