Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

प्रणय दिवस: प्रेम साटासाट गरी  ‘भ्यालेन्टाइन डे’ मनाइदै


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २, २०७७ आइतवार
  • 1.3K
    SHARES

प्रणय दिवस: प्रेम साटासाट गरी  ‘भ्यालेन्टाइन डे’ मनाइदै

भैरहवा । विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस मनाइँदैछ। नेपाल सहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ । नेपालमा पनि केही वर्षयता युवा युवतीले प्रेम दिवसलाई महत्वका साथ मनाउन थालेका छन् । पश्चिमा आयातित संस्कृति भनिए पनि प्रेमका पक्षपातीहरू भन्छन्, प्रेमको कुनै भूगोल सीमा हुँदैन । भ्यालेन्टाइनले नेपाली समाजमा पनि जरो गाड्दै छ । १४ फेब्रुवरीका दिन मनाइने यो दिवसमा प्रेम प्रस्ताव राख्ने, प्रेम सन्देशहरू लिने दिने र जीवनसाथी नै रोज्ने पनि गरिन्छ ।
यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने प्रचलन रहेको छ । पछिल्ला वर्षहरुमा प्रणय दिवसका नाममा विकृति बढ्न थालेको टिप्पणी पनि हुँदै आएको छ ।


प्रेमको प्रतीक मानिने रातो गुलाब दिएर “विल यु बी माई भ्यालेन्टाइन’ सबैले आफ्नो प्रेमी प्रेमिकालाई यही बाक्यबाट सम्बोधन गर्ने गरिनछ । युवापुस्ताले १४ फेब्रुअरीको दिन भ्यालेन्टाइन डे लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिएका छन्।
प्रेम व्यक्त गर्ने सामान किन्न यतिबेला साना ठूला गिफ्ट पसलमा प्रेमीहरू भरिभराउ देखिन्छन् । भ्यालेन्टाइन डे को सुरुवात इस्वी संवत् २६९ फेब्रुअरी १४ तारिखका दिन रोमनमा भ्यालेन्टाइनलाई मृत्युदण्ड दिइएपछि शुरु भएको हो । सैनिकले नारीसँगको सम्बन्धका कारण कमजोर हुने आभास गरेपछि सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए। तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरेका थिए ।

legue cricket.jpg

आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिएपछि झुण्ड्नुभन्दा केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिका दिएका थिए।
फेब्रुअरी १४ Saint Valentine’s Day सामान्यतया: Valentine’s Day को रुपमा प्रख्यात दिन हो । सन्त भ्यालेन्टाइनको सम्झनामा प्रत्येक वर्ष फेब्रुअरी १४ लाई विश्वभरिका थुप्रै देशहरूमा भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवसको रूपमा मनाइन्छ । 
प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा सोही दिनको सम्झना भ्यालेन्टाइन डेका रूपमा मनाउन थालिएको हो।

यदि तपाईँले पनि कसैलाई प्रेम गर्नुभएको छ । तर आफ्नो मनको कुरा उनलाई भन्न सक्नुभएको छैन भने फेब्रुअरी १४ तपाईँको लागि उचित समय हुन सक्छ । किनकि यो दिनलाई प्रेम गर्नेहरुले विशेष दिनको रूपमा हेर्छन् । र यो दिनमा आएका प्रस्तावहरूलाई पनि प्रेम गर्नेहरुले सकारात्मक रूपमा नै लिन्छन् ।


लुम्बिनी चिन्तन

थप समाचार