Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

भेटेनरी अस्पताल सार्न भार्गव धिताल, बालकृष्ण खाँण र घनश्याम भुसालकाे साथ 

विरोधमा उर्लिए स्थानीय, क्याम्पस प्रमुख कक्षमा तालाबन्दी


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २, २०७७ आइतवार
  • 2.4K
    SHARES

भेटेनरी अस्पताल सार्न भार्गव धिताल, बालकृष्ण खाँण र घनश्याम भुसालकाे साथ 

भैरहवा । रुपन्देहीको पक्लिहवा स्थित कृषि क्याम्पसबाट भेटेनरी अस्पताल (पशु शिक्षण अस्पताल)अन्यत्र सार्न लागेको विरोधमा स्थानीयले विरोध जनाएका छन । 

paklihawa (1).jpg
क्यापस परिसर भित्रै बनाउनु पर्ने उक्त अस्पताल विभिन्न बहानामा षडयन्त्र गरी स्थानान्तरण गर्न लागेको भन्दै स्थानीयले नाराबाजी गर्दै क्याम्पस प्रमुखको कक्षमा ताला लगाएका छन । ५ वर्ष अघि अस्पतालको डिपीआर र नक्सा समेत तयार भई नेपाल सरकारबाट ३ करोड बजेट विनियोजन भइसक्दा पनि क्याम्पस प्रशासनले कुनै चासो नदेखाई बजेट फ्रिज गरेर फिर्ता पठाएको छ । ७ वर्ष अघि भेटेनरीको कार्यक्रम सुरु भयो, बि एस्सी भेटेनरीको प्रमुख मेरुदण्डको रुपमा रहेको प्रयोगात्मक सिकाई केन्द्र नेपालकै दोस्रो भेटेनरी अस्पतालको रुपमा सुरुवात गर्ने भने पनि ७सातौ व्याच आइसक्दा र तीन वटा व्याच उर्तीण भएर गइसक्दा पनि पूर्वाधारको तयारी गर्नुको साटो प्रशासन आखा चिम्लेर बसी अन्यत्र सार्न चलखेल गरेको स्थानीयले आरोप लागए ।

_DSC0012.JPGअहिले भेटेनरी नयाँ भर्नाको लागि काउन्सिलले २ शैक्षिक सत्रबाट मान्यता नदिएको बहाना गर्दै आएको कार्यक्रमका लागि पूर्वाधार बनाउनुको साटो नयाँ ठाउमा नयाँ पूर्वाधार निर्माण गरी कमिशन पचाउने खेल गरेको मणिग्राम फिल्ड खोज्न गएका सरोकारवाला व्यक्तिहरुबाट प्रष्ट छ । ४० वर्ष अगाडि ५२ विगाहामा फैलिएको परिसर अधिग्रहण गरी कक्षाहरु सञ्चालन हुदा समेत पढाईका लागि उपयुक्त किसानै किसान रहेको हराभरा, घरपालुवा, प्राकृतिक पशुपंक्षीले भरिएको तराईको भुभागबाट कंक्रिट कंक्रिटको बस्तीमा स्थानान्तरणको योजना बनाउनु प्रति सबै स्थानीयको गम्भिर ध्याानाकर्षण गएको छ । 
पशु शिक्षण अस्पतालको सम्पुर्ण संरचना तयार भई पुर्ण रुपमा सञ्चालन नभएसम्म युनिट, एक्सटेन्सन कम्यसनटी आउटरिच प्रोगाम लगातको कुनै पनि बहानामा अन्यत्र निर्माण गर्न खोज्ने र चाहने कार्य गरेमा संलग्नलाई कालोमोसो दलेर सार्वजनिक गर्ने स्थानीयले बताएका छन । 


प्रधान कार्यालय नै स्थापना बिना नै शाखा कार्यालय स्थापना गर्नु लाजमर्दो कुरा हो, क्याम्पसको अहित र विपरित हुने गरी त्रिवि, कार्यकारी परिषद र डिनको कार्यालयले निर्णय सहित अन्य नगरपालिकासँग जग्गा प्राप्तीको नाउमा गरेको सहमति भएको पाइउको छ  यसलाई यथासिघ्र खारेज गरि । अन्य ठाँउको लागि आएको बजेट निकासा समेत पक्लिहवा कृषि क्याम्पसको खातामा रकमान्तर नगरेसम्म आन्दोदन जारी राख्ने स्थानीयले बताएका छन । आन्दलोलनको पहिलो चरण अन्तर्गत पक्लिहवा कृषि क्याम्पस प्रमुखको कार्यालयमा माग सम्बोधन नभए सममको लागि अनिश्चितकालिन तालाबन्दी र क्याम्पस स्वामित्वमा रहेको कुनै पनि सवारीसाधन क्याम्पस हाता भन्दा बाहिर चलाउन बन्देज लगाइएको स्थानीय बासिन्दाहरुको संयोजक शुसिल गुरुङले बताए । आन्दोललाई कमजोर ठानि विपरित हुनेगरि पाइला चालिए कुनै पनि सिमा सम्म जान बाध्य हुने र त्यसको जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने संयोजक गुरुङले बताए । 
सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष रमेश मल्ल, वडा नम्बर २ का अध्यक्ष दिपक कुमार थापा, स्थानीय दुर्गा मन्दिरका अध्यक्ष खुशीमान गुरुङ, वडा सदस्यहरु लगायतले कुनै पनि हालतमा भेटेनरी अस्पताल स्थानान्तरण गर्न नदिने, लैजाने नै भए अधिग्रहण गरेको जग्गा फिर्ता गर्नु पर्ने नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिए ।
यता क्याम्पस प्रमुख डा. राम भजन मण्डलले पक्लिहवा कृषि क्याम्पसको कुनै पनि कार्यक्रम बाहिर गएको जानकारी क्याम्पस प्रशासनलाई अवगत छैन । क्याम्पस प्रशासनले कुनै कदम चालेको छैन, २ महिना मात्र भयो म आएको, कार्यक्रमबारे बुझेर स्थानीयको माग सम्बोधन गर्ने बताए । क्याम्पसको कुनै पनि कार्याक्रम बाहिर जानु हुदैन, क्याम्पस प्रशासनले यस विषयमा कुनै निर्णय नगरेको समेत उनले जानकारी गराए । 

paklihawa (6).jpg
क्याम्पसको कम्युनिटी आउटरिच प्रोगाम भन्दै अहिलेका डिन तथा तत्कालिन क्याम्पस प्रमुख भार्गव धिताल, भेटेनरी डाइरेक्टर कृष्ण काफ्ले र अहिलेका क्याम्पस प्रमुख राम भजन मण्डल लगायतको संलग्नता छ । जसमा नेपाली काग्रेसका नेता बालकृष्ण खाण, नेकपाका नेता पूर्व कृषि मन्त्री घनश्याम भुसाल लगायतले समेत साथ दिएको स्थानीय स्रोतले बताएका छन । तिलोत्तमाको मणिग्राममा डिन सहितको टोलीले, तत्कालिन क्याम्पसका केही व्यक्तिहरुले यसको चलखेल गरिरहेका छन आवश्यक परे उनीहरुलाई कालोमोसो दलेर बजार परिक्रमा गराइने समेत स्थानिय स्रोतले बताएका छन ।  
२ साता अगाडि पूर्व कृषि मन्त्री घनश्याम भुसालका भतिज नाता पर्ने निसिम भुसालले तिलोत्तमाका उपमेयरसँगको छलफलको तस्बिर समेत सामाजिक संजालमा राखेका छन । मणिग्राम घर भएको भुसाल पक्लिहवा कृषि क्याम्पका अनेरास्ववियु अध्यक्ष समेत रहेका थिए । उनले सामाजिक संजाल मार्फत भनेका छन ‘कृषि तथा पशु बिज्ञान अध्यायन सस्थान(त्रि.बि.) का डिन आदणिय सर प्रा. भार्गभ धिताल र तिलोत्तमा नगर प्रमुख बसुदेव घिमिरे बिचको छलफल कार्यक्रममा। कृषि तथा पशु बिज्ञान अध्यायन सस्थान(त्रि.बि) र तिलोत्तमा न.पा. बिच कृषि तथा पशु बिज्ञान को क्षेत्रमा आगमी दिनमा गरिने सहकार्य तथा योजना को विषयमा छलफल भयको छ ।’ 

भतिज घनश्याम भुसाल.jpg


लुम्बिनी चिन्तन

थप समाचार