Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

चीनले अनुदानमा दिएको खोप मंगलबार आइपुग्ने


  • लुम्बिनी चिन्तन
  • जेठ १७, २०७८ सोमवार
  • 1.5K
    SHARES

चीनले अनुदानमा दिएको खोप मंगलबार आइपुग्ने

काठमाडौं । चीन सरकारले अनुदानमा दिएको कोरोनाभाइरस विरूद्धको खोप ल्याउन नेपाल एयरलाइन्सको जहाज बेइजिङ जाने भएको छ।  सोमबार राति ११ बजे काठमाडौंबाट एयरबस ए ३३० जहाज बेइजिङ जाने कार्यतालिका छ। 

एयरलाइन्सका अपरेशन डाइरेक्टर दिपु जुहार्चनका अनुसार जहाजबाट आठ लाख डोज खोप ल्याइने छ। यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप अनुदान दिने घोषणा गरेका थिए। त्योमध्ये  बेइजिङबाट ८ लाख डोज ल्याउने जिम्मेवारी आफूहरूलाई दिइएको जुहार्चनले जानकारी दिए। 

खोप ल्याएर जहाज मंगलबार दिउँसो २ बजे काठमाडौं आइपुग्ने छ। पछिल्लो समय नेपाल एयरलाइन्सले मेडिकल कार्गो उडान निमयति रूपमा गर्दै आएको छ। 


  • सम्बन्धित विषय:

  • # काेराेना

  • लुम्बिनी चिन्तन

    थप समाचार