Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

संसद् विघटनविरुद्ध भोली भैरहवामा कांग्रेसको बिरोध सभा

सभापति देउवाले सम्बोधन गर्ने 


  • लुम्बिनी चिन्तन
  • फाल्गुण २, २०७७ आइतवार
  • 910
    SHARES

संसद् विघटनविरुद्ध भोली भैरहवामा कांग्रेसको बिरोध सभा

भैरहवा । नेपाली कांग्रेस रुपन्देहीले भोली रुपन्देही सहित ७७ वटै जिल्लामा एक साथ बिरोध सभाको आयोजना गर्दैछ । ‘जुटौं संसद् विघटनको असंवैधानिक कदमका विरुद्धमा, उठौं लोकतान्त्रिक संविधान रक्षाको पक्षमा’ भन्ने नाराका साथ रुपन्देही जिल्लाको सदरमुकाम भैरहवामा विरोध सभा गर्ने कार्यक्रम रहेको छ ।
बिरोध सभालाई नेपाली कांग्रेसका केन्द्रिय सभापति शेर बहादुर देउवा सहितका नेताहरुले सम्बोधन गर्ने तय भएको छ ।
कार्यक्रमबारे जानकारी दिने उद्देश्यले भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जिल्ला सभापति अब्दुल रज्जाकले वक्ताको रुपमा केन्द्रिय सभापति देउवा सहित केन्द्रिय सदस्य बालकृष्ण खाँण र संघिय संसदका लेखा समिति संयोजक भरत कुमार शाहले सम्बोधन गर्ने कार्यक्रम रहेको बताए । बिरोध कार्यक्रममा स्वतःस्फूर्त रुपमा लाखौ जनशक्ति कार्यक्रममा आउने बताए । कम्युनिष्टहरुले पैसाको भरमा भिड जम्मा गरे पनि कांग्रेसले त्यस्तो नगर्ने उनको भनाई थियो । नेपाली कांग्रेसका भातृ संगठन, सुभेच्छुक संस्था र क्रियाशिल सदस्य एवम अन् सर्वसाधारण कार्यक्रममा सहभागी हुने उनले बताए । 
नेपाली कांग्रेस जिल्लाक कार्य समिति रुपन्देहीको आयोजनामा सोमबार बिहान ११ बजे देखी भैरहवाको बुद्धचोकबाट ¥यालीको आयोजना गरि नारायणपथ, मिलनचोक हुदै हनुमान मन्दिरमा पुगेर बिरोध सभाको आयोजना हुने जिल्ला सभापति रज्जाकले जानकारी गराए । 
यस्तै पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँणले ओली सरकार अहिले निरंकुश हुदै गएकोले त्यसैको बिरोध स्वरुप बिरोध कार्यक्रमहरुको आयोजना गरिएको जनाए । 
ओली सरकारको प्रतिगामी कदमको बिरोधमा र संविधानको रक्षाको लागी सबै लोकतान्त्रिक शक्तिहरुलाई कांग्रेसको बिरोध सभाप्रति ऐक्यवद्धता जनाउन भोलीको कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेस रुपन्देहीले आव्हान समेत गरेको छ । 


लुम्बिनी चिन्तन

थप समाचार