बुटवल । अर्थमन्त्री विष्णु पौडेलले सिद्धार्थ केबलकारको शिलान्यास गरेका छन्। एक साता अघि फागुन १ गते प्रधानमन्त्री केपी शर्मा लुम्बिनी केबलकारको शिलान्यास गरेसँगै आज अर्थमन्त्री विष्णु पौडेलले बुटवलको अर्को आयोजना सिद्धार्थ केबलकारको शिलान्यास गरेका हुन् ।
रूपन्देहीलाई देशकै विकासको नमूना जिल्ला बनाउने दाबीका साथ अर्थमनत्री ओलीले बुटवलमा ठूलो विकासका आयोजनाहरू अगाडि बढेकोले विकासको ‘रोलमोडल’ जिल्लाका रूपमा रूपन्देही हुने बताए ।
अर्थमन्त्री पौडेलले रूपन्देही विकास सिक्ने पाठशाला बन्दैछ । भौतिक र मानवीय विकासमा रूपन्देही अगाडि छ । यसलाई कसैले उछिन्न सक्ने छैनन । विकास निर्माणले फड्को मारिरहेको रूपन्देहीको इतिहासको मूल्यांकन गर्न आग्रह गरे ।
रूपन्देहीको दुइृवटै केबुलकारले रूपन्देही र पाल्पाको पर्यटन विकासमा ठूलो योगदान दिने छ । केवलकार योजना समयमा सम्पन्न गर्नु पर्छ यसका लागि सरकारले पूर्ण रप्मा सहयोग गर्ने छ ।

मन्त्री पौडेलले बुटवल र सिद्धार्थनगरसहितको सहर जोडेर महानगर बन्छ । आधुनिक ढाँचाको महानगर बनाउने कोसिसका साथ सरकार अगाडि बढिरहेको छ । भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ केही समयमा दोस्रो चरणमा काम सुरू हुन्छ ।
कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठले जीतगढी र नुवाकोटगढी ऐतिहासिक र सांस्कृतिक पूर्वाधारलाई जोडेर यहा अगाडि बढे यहाँमो पर्यटन विकासले ठूलो फड्को मार्ने बताए । उनले बुटवल आर्थिक र पर्यटकीय हवको रुपमा विकास हुने बताए । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवलमा केवलकारको लागि मात्रै साढे ४ अर्ब निजी क्षेत्रले लगानी गरेकोले उनीहरुसँग हातेमालो गरेर अगाडि बढ्न स्थानीय सरकार तयार रहेको प्रतिवद्धता जनाए । सुवेदीले दुई वटै केवलकार छिट्टो सम्पन्न गर्न सञ्चालकहरूलाई आग्रह गरे ।
आइतबार शिलन्यास भएको सिद्धार्थ केबलकारको तल्लो स्टेशन बुटवल देउराली डाँडाबाट पाल्पाको नुवाकोटसम्मको राजमार्गको दूरी २ किलोमिटर छ ।

केवलकार निर्माणका लागि नेपाल सरकार मन्त्रिपरिषदले २०७५ साउन २९ मा ३.९८ हेक्टर क्षेत्रफल र २०७६ फागुन १२ मा २.११८ हेक्टर क्षेत्रफलवनको जग्गा ३० वर्षका लागि लिज मा दिएको छ । यसअघि प्रधानमन्त्री ओलीले शिलन्यास गरेको लुम्बिनी केवलकार ले दुई वर्षभित्रैमा निर्माण सम्पन्न गर्ने लक्ष्य सहित निर्माणको औपचारिक शुभारम्भ गरेको हो ।
ऐतिहासिक नुवाकोटगढी र बसन्तपुर डाँडामा दुवैतर्फ निजी क्षेत्रको लगानीमा केवलकारका परियोजना अगाडि बढेका हुुन् । फागुन १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवल उपमहानगरपालिका–३ देखि पाल्पाको तिनाउ गाउँपालिकाको वसन्तपुरसम्म पुग्ने लुम्बिनी केवलकारको बुटवलमा शिलान्यास गरेका थिए । निर्माण सुरू भइसकेको लुम्बिनी केवलकार दुई वर्षभित्र सम्पन्न गरिसक्ने प्रालिका प्रमुख रमेश शर्मा बताउँछन् ।
निजी क्षेत्रबाट पनि नुवाकोटमा ठूलो मात्रामा लगानी भइरहेको छ । नुवाकोटमा हिलसाइड भिलेज रिसोर्टदेखि केवलकार सञ्चालनको प्रक्रिया सुरु भएको हो । बुटवल परिचित होटल व्यवसायी माधव नेपाल सहित झण्डै ५० जना उद्यमीहरूको लगानीमा रिसोर्ट तथा केबलकार निर्माणको काम अगाडि बढाएका हुन ।