Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणमा तीव्र प्रगति, अर्थमन्त्री पौडेलद्वारा निरीक्षण


  • लुम्बिनी चिन्तन
  • आषाढ २२, २०८२ आइतवार
  • 306
    SHARES

लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणमा तीव्र प्रगति, अर्थमन्त्री पौडेलद्वारा निरीक्षण

बुटवल, २२ असार । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको प्रगतिबारे उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्थलगत निरीक्षण गर्नुभयो। हालसम्म २६५ काम सम्पन्न भइसकेको छ। पाँच वर्षमा सम्पन्न हुने लक्ष्य रहेको निर्माण कार्य चार वर्षमै सक्ने प्रतिवद्धता निर्माण पक्षले जनाएको छ।

१२ तलाको आधुनिक अस्पतालमा १,२०० बेड, पार्किङ, ओपिडी, आपतकालीन सेवा र अन्य सुविधा रहनेछ। कुल लागत झन्डै ९ अर्ब रुपैयाँ अनुमान गरिएको छ। निर्माण जिम्मा भारतीय कम्पनी क्याम्पासाइट र नेपाली साझेदारहरूलाई दिइएको हो। निरीक्षणमा लुम्बिनीका राजनीतिक तथा अस्पतालसम्बद्ध व्यक्तित्वहरू सहभागी थिए।


लुम्बिनी चिन्तन

थप समाचार