Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

ओमसतियाबाट नदीजन्य पदार्थ चोरीमा संलग्न सवारीसाधन नियन्त्रणमा


  • लुम्बिनी चिन्तन
  • चैत्र १९, २०८१ बुधवार
  • 492
    SHARES

ओमसतियाबाट नदीजन्य पदार्थ चोरीमा संलग्न सवारीसाधन नियन्त्रणमा

भैरहवा, २० चैत्र । नदीजन्य पदार्थको चोरीमा संलग्न सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय ओमसतिया, रुपन्देहीबाट खटिएको टोलीले मंगलबार ओमसतिया–५ स्थित गौरीबाट सवारीसाधन नियन्त्रणमा लिएको हो ।अवैध रुपमा मिस्कट उत्खनन् गरी ओसापसार गरिरहेको अवस्थामा नम्बर नखुलेको जेसीबी र प्रदेश २–०३–००१ ख ०८१३ नम्बरको टिप्पर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) सुरज कार्कीले बताए ।डीएसपी कार्कीका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधनलाई आवश्यक कारवाहीका लागि ओमसतिया गाउँपालिकाको कार्यालयमा पठाइएकोमा ६० हजार रुपैयाँ जरिवाना भएको छ ।


लुम्बिनी चिन्तन

थप समाचार