भैरहवा । सिद्धार्थनगर–८ स्थित मायादेवी तरकारी तथा फलफुल बजारमा क्युआरकोडबाट भुक्तानी सेवाको सुरुवात भएको छ ।
डिजिटल नेपालको अवधारणमा नगद रहित बैंकिङ प्रणलीलाई सर्वसाधारणको पहुँचसम्म पु¥याउने तरकारी बजारमा क्यूआर कोडबाट भूक्तानी प्रणालीको सुरुवात भएको हो । नेपाल राष्ट्र बैकको सहजीकरणमा नबिल बैक मार्फत तरकारी बजारका ४० बढि पसलधनिलाई क्युआर भुक्तानी सहितको बैकिङ प्रणली सुरुवात भएको छ । पहिलो चरणमा आज २ दर्जन बढिलाई क्युआरकोड हस्तान्तरण गरिएको छ ।

सोमबार नेपाल राष्ट्र बैंक, सिद्धार्थनगरका निर्देशक सुदिप फँुयालले क्युआर कोड भुक्तानी बाट तरकारी खरिद गरी कार्यक्रम शुभारम्भ गरेका छन । धार्मिक तिर्थस्थल, सार्वजनिक यातायातहरुमा व्यवसायिक प्रतिस्ठानहरुमा सञ्चालन आएको यो प्रणली हालै यस क्षेत्रको इरिक्सामा र आजबाट तरकारी पसलमा सुरुवात भएको छ । अबको केही समयमा यस क्षेत्रका सार्वजनिक यातायातका अन्य साधान, मन्दिरहरुमा पनि सेवा बढाउने उनले बताए ।

निर्देशक सुदिप फँुयालका अनुसार क्युआर कोडले बैकमा लाइन लगाएर बस्नु पर्ने बाध्यता हट्ने ,एटीएमबाट पैसा झिक्नु पर्ने, पैसा बोक्ने झनझटबाट मुक्त हुनुका साथै सुरक्षित र वातावरण मैत्री छ । यो प्रणलीले नोट उत्पादन र डिस्ट्रक्सनलाई पूर्णमा हटाउने, समयको बचत सँगै कारोबारहरु बैक मार्फत हुने, व्यापारमा सहजीकरण हुने छ । नेपालमा डिजिटल भूतानी प्रणालीलाई सरल, सहज र सर्वसाधारणको पहुंचसम्म पुर्याउन नेपाल राष्ट्र बैंकले अभियानको रुपमा शुरु गरेको फूयालले बताए ।

क्युआर कोड व्यवसायीलाई हस्तान्तरण गर्दै नबिल बैकका लुम्बिनी प्रदेश प्रमुख यज्ञ प्रसाद शर्मा, भैरहवा शाखा प्रबन्धक लिला प्रसाद ओझाले क्युआर कोड भुक्तानी प्रणलीको प्रभाव अहिले बढिरहेको बताए । नेपाल राष्ट्र बैकले नेतृत्व गरिरहेको छ, डिजिटल भुक्तानी प्रणालीमा बैंकले यस क्षेत्रका स–साना ब्यपारीहरुलाई प्रोत्साहन गर्दै अगाडि बढिरहेको छ, कार्यानव्यनमा लागिरहेका छौ । सुरक्षित, छिटो, पारदर्शी र प्रविधियुक्त रहेकोले नगद करोबारलाई विस्तारै कम गर्दै लैजाने उद्देश्यले तललो तहबाट नै सुरुवात गरेका छौ ।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक तथा म्यक्युआर कोडको सहजीकरण स्रोत व्यक्ति रमेश कुमार न्यौपाने क्यु आर प्राण्ली डिजीटल नेपाल अन्तर्गत सरकारले सुरु गरेको अभियान हो । भुक्तानी प्रणलीलाई सुरक्षित र सरल बनाउन राष्ट्रबैकले सहजीकरण गरी व्यवस्थापन गरिरहेको बताए । डिजीटल लुम्बिनी प्रदेश बनाउन यस प्रदेशमा रहेका बैक तथा बित्तिय सस्ंथा मार्फत कारोबारहरु क्युआर कोड प्रयोगको प्रोत्साहनका कार्यक्रम गर्दै आएका छौ ।
राष्ट्र बैकमै सहजीकरण डेस्क स्थापना गरेर सहजीकरण गरेका छौ, जनताको बढि सहभागिता हुने ठाउको छनोट गरी क्रमश प्रदेशलाई नै नगदरहित प्रदेश बनाउन अभियान चलाइरहेका छौ यसले नगद फोहोर पनि नहुने, कोभिड जस्ता संक्रमण नफैलिने, नगद का।रोबार असुरक्षित हुने हुदा न्युनिकरणका लागि पनि क्युआर प्रणलीमा तिव्रता दिएको छ । आगामी दिनमा स साना तरकारी पसल, फलफुल पसल, किराना पसलहरु र लोकल बसहरुमा पनि क्युआरकोड लागु गर्दै यस क्षेत्रमा नगद रहित कारोबारलाई बढाउदै लैजाने राष्ट्र बैकका सहायक निर्देशक न्यौपाने बताए ।
क्युआर कोडको उपयोगले पैसा चोरिने, मासिने, हराउने, नक्क्ली नोटको समस्या, विग्रेको नोट प्रतिस्थापन गर्न नपर्ने भएकोले सबैले प्रयोग गरी लाभ लिन आग्रह गरे ।
