Logo
२०८३, श्रावण १३ गते
images

ताजा अपडेट

Logo २०८३, श्रावण १३ गते

रोजगारी र उद्योगको दिगो विकासका लागी मेरो उम्मेदवारी : हेमा बेल्बासे


  • लुम्बिनी चिन्तन
  • फाल्गुण १२, २०७७ बुधवार
  • 1.9K
    SHARES

रोजगारी र उद्योगको दिगो विकासका लागी मेरो उम्मेदवारी : हेमा बेल्बासे

फागुन २१ र २२ गते हुने सिद्धार्थ उद्योग वाण्ज्यि संघ रुपन्देहीको नया कार्यसमिती चयन हुदैछ । २ वर्षे कार्यकालको लागि महिला उद्योग सदस्य तर्फ हेमा बेल्बासे अनिशाले पनि उम्मेदवारी दिएकी छन । उक्त पदका लागि ३ जना अन्य महिलाको पनि उम्मेदवारी भए पनि बेल्बासेको उम्मेदवारी र संघमा नेतृत्व किन ? जवाफ जस्ताको तस्तै 

interview anisha.jpg

२०७३ साल मैले रोजगारी श्रृजना गर्ने शिलशिलामा आफ्नो रोजगारी र सामाजिक उत्तरदायित्व समेतलाई मध्यनजर गर्दै सामाजमा रहेको बेरोजगारी समस्या, सिप नहुनु÷दक्ष जनशक्तिको अभाव उत्पादनशिल कार्यको कमी र आफ्नो क्षमता पहिचान नगरी भौतारिएका युवाशक्ति  र विशेष गरि चुलो चौका मा सिमित महिलालाई म को हु भन्ने पहिचान गराउदै “हामीले नगरे कसले गर्ने र अहिले नगरे कहिले गर्ने”भन्ने मुल मन्त्रका साथ महिला उद्यमीको रुपमा आफुलाई स्थापित गराउनु र आफ्नो सम्पर्कमा रहेकोलाई समेत समाजमा स्थापित गराउनु नै मेरो परिचय हो ।  
सिद्धार्थ उद्योग वाणिज्य संघ समग्रमा निजी क्षेत्र, सरकारी क्षेत्रभन्दा बढी रोजगारी श्रृजना गर्ने क्षेत्र हो यस क्षेत्रको अध्ययनको विषय व्यापक छ ।  यहाँ हजारौं किसिमका व्यापार र उद्योग क्षेत्रको समस्या छ चाहे त्यो नितीगतहोस वा संस्थागत होस र रोजगारीको अवसर र श्रृजनामा पनि व्यापकता छ । मैले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत यो समस्या पहिचान गरी कस्तो किसिमको दक्ष, अद्र्धदक्ष पुर्ण दक्ष जनशक्ती आवस्यक पर्दछ सो को विश्लेषणात्मक पहिचानका साथ तालिम प्रदान गरी रोजगारी र उद्योगको दिगो विकास र निरन्तरताको लागी नै मेरो उमेदवारी हो यसबाट मेरो विवेक क्षमताले सकेसम्म कुनै कमी र आच आउन नदिई निरन्तर रुपमा कार्य गर्ने सोच रहेको छ । 
समय सापेक्ष गहन प्रश्न गर्नु भयो समग्रमा जो मानिस अति व्यस्त हुन्छ उसले समय चिनी समयको व्यवस्थापन गरेको हुन्छ जो मान्छे समय नचिन्ने र प्रसस्त समय भएको लाई नै समयको अभाव परेको मैले देखेको छु । त्यसकारण मैलै पारिवारिक रुपमा, समाजिकरुपमा ,व्यवसायिक रुपमा मनोरन्जनात्मक रुपमा समयको पहिचानगरी उचित व्यवस्थापन गरेकी छु सो व्यवस्थापनका कारण मेरो पारिवार व्यवसाय र समाजिक उत्तरदायित्व सबैमा यथोचित समय व्यवस्थापन भएको छ । समय ज्ञान विवेक र समाजिक कार्य पुरा गर्न मलाई कुनै पनि लिङ्ग छुट्टाईएको छ जस्तो लाग्दैन । 
संघमा भैरहवा रुपन्देहीका स्थापना कालका संस्थापक ज्यु हरु र आज सम्म क्रियाशिल रही संघलाई मर्यादित अनुसाशित र क्रियाशिल बनाउदै आउनु भएका कार्य समिति एवम् सम्पुर्ण सदस्य ज्युहरुमा हृदय देखी नमन गर्न चाहान्छु संघमा रहेका समस्या चुनौती र सम्भावनाको व्यापक अध्यन गरी हजुरहरुबाट स्थापित र संरक्षीत, हालसम्म गरेका विकासका विधि प्रक्रिया र उद्योग व्यवसायीको पिरमर्का र समस्याको सामना गर्ने र समाजमा रहेका आफ्नो पहिचान चिन्न नसकेका वेरोजगारी र के गर्ने कसरी गर्ने कुनै गन्तब्य नभएका युवा युवती, समाजमा दुव्र्यसनीमा फसेका युवा युवतिलाई प्राविधिक सिप र परार्मश बाट वास्तविक जिवन पहिचान गरी सिप युक्त जनशक्तीको रुपमा विकास गर्ने लक्ष्य नै मेरो निर्वाचित हुने आधार हो । 
महिला उद्यमीलाई विशेष प्राथमिकता दिई मेरो योजना कार्यक्रमको बारेमा म संग प्रत्यक्ष सम्र्पक गरी आफ्ना भनाईहरु राख्ने अवसर दिनु भयो र समाजमा रहेका शिक्षित, अशिक्षत, आम्सिक शिक्षित सम्पुर्ण युवा युवतीलाई सकारात्मक सोचका साथ अघी बढ्न आग्रह गर्दछु । सिद्धार्थ उद्योग वाणिज्य संघका सबै संस्थापक एव्म वर्तमान सम्मका सम्पुर्ण सदस्य ज्यु हरुमा नमन गर्न चाहान्छु । मैले हजुरहरुको अथक प्रयास र सर्घषले स्थापित गरेको संस्था गत विकास मा टेवा पुराउनु मेरो कर्तव्य सम्मmेकी छु । मेरो उमेदवारी उद्योग वाणिज्य संघमा किनभने मैले मेरो जिवनमा लिईएको लक्ष्य एवम सामाजिक दायित्वमा यहाँहरुको अमुल्य मतले अझ शसक्त रुपमा कार्य गर्ने मेरो क्षमता वृद्धि  हुने आशा एवम् विश्वासका साथ हार्दिक नमन गर्दछु  । जय सिद्धार्थ उद्योग वाणिज्य संघ


  • सम्बन्धित विषय:

  • # सिद्धार्थ उद्योग वाणिज्य संघ

  • लुम्बिनी चिन्तन

    थप समाचार