मिना पन्थी
सिद्धार्थ उद्याेग वाणिज्य संघ, महिला सदस्य पदकाे उम्मेदवार
ति हिजोका दिन थिए अथवा भनौ एउटा इतिहास बन्न थालेको छ जहा नेपाली महिलाहरु पुरुषप्रति अधीनरथ थिए । यद्यपि ती हिजोका दिनहरुमा जुन एउटा पुरुष प्रधान देशको रुपमा उभिएको हाम्रो देश नेपालले महिलाहरुमा समाजिक एवम् संस्कृतिक सिमितता गासिदिएको थियो । समयस“ग नेपालीहरुले ती व्यवहारप्रति एउटा विवेकशील प्रतिक्रिया एवम सकारत्मक परिवर्तन देखाएको छ ।
नेपालमा महिला पुरुष जनसङ्ख्या ५०—५० अनुपातमा विभाजित छन् । बराबरको जनसङ्ख्यामा बाडिए बावजुत पनि नेपालमा महिला पुरुष समकक्ष थुप्रै क्षेत्रहरुमा आबद्ध हुन सकिरहेका छैनन् । ती क्षेत्रहरु मध्ये उद्योग र व्यापार पनि हुन् । महिलाहरु अहिले आत्मनिर्भर छन् तर निहालेर हेर्ने हो भने कर्मचारीको भुमिकामा छन् । यो समय महिलाहरुलाई अद्यम र व्यापारतर्फ आकर्षण गर्ने बेला हो । देशको अर्थतन्त्र भनौ वा महिलाहरुको हकहितका लागि भनौ, उद्यमी महिलाहरु देशको वर्तमान माग हो ।
जस्तोसुकै पृष्ठमूमि, योग्यता वा वैवाहिक अवस्था भएपनि समाजिक चुनौतिहरुसंग नवीनताका साथ जुध्दै थुप्रै महिलाहरुले आपmनो योग्यतालाई समाज माझ प्रमाण गरिराखेका छन् । निजि क्षेत्रको ठुलो संस्था मानिने नेपालउद्योग वाणिज्य संघको महिला निवार्चित अध्यक्ष भवानी राणाज्यू एक जल्दो बल्दो उदारण हो । यसै गरि द्धारिका होटेलको अध्यक्ष अम्बिका श्रेष्ठ पनि एक अग्रगामी महिला उद्यमी हुन् । आङ्खनो दक्षतालाई कार्यको उद्देश्यसंग सुझ बुझका साथ अघि बढाएर उहाहरुले उल्लेखनीय उपलब्धी हासिल गर्नुभएको छ ।

उद्यमी महिलाहरुको बढ्दो प्रोफाइल र सङ्ख्या भएपनि उद्योग एवम् व्यापारिक माहोल र मानिसमा एवम् समाजमा महिलाप्रतिको दृष्टिकोणमा एउटा विशाल परिवर्तन ल्याउन आवश्यक छ । घरायसी कामकाज, परिवार प्रतिजिम्मेवारीले महिलाहरुलाई एउटा डोरीमा बाधेर राखेको छ । समाजले उनिहरुलाई अघि नबढन थुप्रै बहानाहरु दिएको छ । यी बाहाना रुपी डोरीलाई खुकुलो पार्दै हरेक महिलाहरुलाई अवसर पार्न मेरो निरन्तर प्रयास हुनेछ । विगत १४–१५ वर्ष देखि म मिना पन्थी व्यूटिसीयन व्यवसायमा आबद्ध छु र हाल म यसलार्ई बढाउदै थप लेडीज आइटम राख्नगइरहेको छु । लुम्बिनी फेसन वेयरमा म मेरो एकमात्र स्वामीत्व छ । म संग व्यापारको १५ वर्ष लामो अनुभव छ र यो अनुभव र संघर्ष अरु महिलाहरुमाझ बढन नितान्त जरुरी छ । सिद्धार्थ उद्योग वाणिज्य संघ एउटा यस्तो मंच हो जहा“ एउटा महिलाको आवाज अन्य महिलाहरुमा पु¥याउन सकिन्छ । उनीहरुलाई पनि व्यापार र उद्मोग तर्फ अग्रसर गराउन सकिनेछ व्यसाय ठूलो वा सानो हु“दैन ठूलो भनेको आत्मविश्वास का साथ सानो भएपनि पाइला सार्न सक्ने आ“ट हो ।
नेपाल गरीब होइन खराब व्यवस्थापनको सिकार हो महिलाहरुमा शैक्षिक योग्यता नभएको होइन उनीहरुलाई चाहिएको शीप र अवसर नपु¥याईएको हो । यदि महिलाहरुको योग्यता र प्रभावलाई बुझेर उनीहरुको योगदानलाई स्वीकार्न सकियो भने देशले निर्विवाद रुपमा खोजेको आर्थिक छलांग लगाउन सक्छ उन्नतीतर्फ फड्को मार्न सक्छ । तसर्थ उद्योग वाणिज्य संघमा पनि महिलाहरुको समावेशी हुनु आवश्यक छ ।